Skip to main content

Sacho TV

“दाउराको अभावले कसैको संस्कार प्रभावित नहोस्” – कुमार बस्नेत बेनीघाट-७

धादिङ :  मृत्यु स्वाभाविक प्रक्रिया हो, तर मृत्युपछि गरिने अन्त्येष्टिमा आवश्यक पर्ने सामग्री संकलन अझैपनि धेरै परिवारका लागि चुनौती बन्ने गरेको छ। खासगरी आर्थिक रूपमा कमजोर तथा असहाय परिवारका लागि शव जलाउन दाउरा जोहो गर्नु ठूलो समस्या बन्ने गरेको पृष्ठभूमिमा, बेनिघाट रोराङ गाउँपालिका–७ ले सराहनीय कदम चालेको छ।

वडाअध्यक्ष कुमार बस्नेतका अनुसार आज असार ८ गतेदेखि वडाभित्र निधन हुने व्यक्तिहरूको अन्त्येष्टिका लागि आवश्यक पर्ने दाउरा वडाबाटै निःशुल्क उपलब्ध गराइनेछ। अबदेखि परिवारजनले अन्त्येष्टिका लागि दाउरा खोज्न दौडधुप गर्नुपर्ने झन्झट अन्त्य भएको वडाध्यक्ष बस्नेतले जानकारी दिए।

“वडाभित्रका हरेक नागरिकलाई अन्तिम क्षणसम्म सम्मानजनक व्यवहार होस् भन्ने हाम्रो उद्देश्य हो। दाउराको अभावले कसैको संस्कार प्रभावित नहोस् भन्ने सोचले यो निर्णय लिएको हुँ,” वडाध्यक्ष बस्नेतले बताए।

उनको अनुसार यो सेवा विशेषगरी गरिब, विपन्न र असहाय परिवारलाई राहत दिने उद्देश्यले सुरु गरिएको हो। वडाले आवश्यक दाउरा संकलन तथा व्यवस्थापन गर्ने व्यवस्था मिलाएको छ।

स्थानीय बासिन्दाले वडाको यो निर्णयप्रति स्वागत व्यक्त गर्दै धन्यवाद दिएका छन्। सामाजिक न्याय र सहानुभूतिपूर्ण प्रशासनतर्फ यो कदम एक सकारात्मक उदाहरणका रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...