Sacho TV

बेनीघाट रोराङले ल्यायो ९३ करोड ३० लाख रुपैयाँको बजेट

धादिङ : आज सोमबार बसेको  गाउँपालिका सभाको १७औँ अधिवेशनले रु. ९३,३०,३१,०००/– (त्रियानब्बे करोड तीस लाख एकतीस हजार रुपैयाँ)को बजेट पारित गरेको हो ।
जसमध्ये चालु तर्फ ५८.५३ प्रतिशत र पुँजीगत तर्फ ४१.४७ प्रतिशत खर्च हुने गाउँपालिकाले अनुमान गरेको छ ।

क्षेत्रगत रूपमा आर्थिक विकासका लागि ६ करोड ३६ लाख रुपैयाँ, सामाजिक विकासका लागि ४२ करोड २७ लाख ३१ हजार रुपैयाँ, पूर्वाधार विकासका लागि ३१ करोड ८० लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ ।

त्यसैगरी वन, वातावरण तथा विपद् व्यवस्थापनका लागि एक करोड १२ लाख ५० हजार रुपैयाँ, संस्थागत विकास तथा सुशासनतर्फ ११ करोड ७४ लाख रुपैयाँ विनियोजन गरेको छ ।

खर्च व्यहोर्ने विभिन्न स्रोतहरूमा अन्तर सरकारी वित्तीय हस्तान्तरणमा नेपाल सरकारबाट प्राप्त हुने वित्तीय सामान्यीकरण अनुदानबाट १५ करोड ६१ लाख रुपैयाँ, समपूरक अनुदानबाट ७८ लाख रुपैयाँ, सशर्त अनुदानको रूपमा २९ करोड ६८ लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरेको छ ।
त्यसैगरी प्रदेश सरकारबाट वित्तीय सामान्यीकरण अनुदान बापत एक करोड ६३ लाख ७७ हजार रुपैयाँ, प्रदेश सशर्त अनुदान स्वरूप दुई करोड ९८ लाख २६ हजार रुपैयाँ, प्रदेश विशेष अनुदान बापत ५५ लाख रुपैयाँ र प्रदेश समपूरक अनुदान स्वरूप दुई करोड २४ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...