धादिङ ।
धादिङअस्पतालले सिमित श्रोत र साधनका बावजुत पनि विपद र महामारी फैलिएको अवस्थामा कुशलतापूर्वक काम गरिरहेको र आगामी दिनमा पनि गर्ने व्यवस्थापन तथा संचालन समितिका अध्यष राधिका सापकोटाले बताउनुुभयो ।
महामारी सिनयन्त्रणका लागि विपद र महामारीमा पूर्व तयारी तथा मेडिकल टिम र र्यापिड रेस्पोन्स टिम परिचालन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा अस्पतालको वर्तमान अवस्था गत वर्षको महामारीको बारेमा समिक्षा समेत गरिएको थियो ।
विपदमा महिलाहरु बढी प्रभावित हुने कुरा उल्लेख गर्दै अध्यक्ष सापकोटाले विपदको समयमा सवारी साधन नचलेर बन्द भएको अवस्थामा सुत्केरी व्यथा लागेपछि अस्पताल ल्याउने गर्भैवतीहरुको प्रतिक्षाघर बनाएर संचालनमा ल्याउनुपर्ने बताउनुुभयो । अस्पतालको सकारात्मक सन्देश जानेगरि सूचना प्रवाह गर्न आग्रह गर्दै अस्पतालको थप सेवा प्रवाह तथा डाक्टरहरुलाई सकारात्मक उर्जा दिने वातावरण बनाउन आग्रह गर्नुभयो । मानिसको पद स्थाइ नभएर अस्पताल र यहाँको सेवा स्थाइ भएकोले सहज सेवा नागरिकले लिने वातावरण बनाउनुसबैको कर्तव्य भएको सापकोटाको भनाइ छ ।
कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका प्रमुख डा. अमूल्य दहाल, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक सुवास महाल, नेपाल पत्रकारमहास.घका अध्यक्ष सीताराम अधिकारी, नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष दुर्लभ तामाङ, कोषाध्यक्ष नारायणकुमार श्रेष्ठ, लगायतले धादिङ अस्पतालको सेवा र विपद तथा महामारीमा समन्वय र सहकार्य गरेर अघिबढ्नुपर्नेमा जोड दिएका थिए ।
