Sacho TV

धादिङका पालिकाहरुमा बत्तीको चरम समस्या,पढाइ, व्यवसाय, स्वास्थ्य सबै प्रभावित,

धादिङ ।

धादिङ जिल्लाका गजुरी, गल्छी, थाक्रे, ज्वालामुखी र सिद्धलेक गाउँपालिकामा पछिल्लो सातादेखि विद्युत आपूर्ति अत्यन्तै अव्यवस्थित बनेको छ, जसका कारण सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ। बत्ती आउनेभन्दा बढी समय जाने अवस्था रहँदा यहाँका बासिन्दाहरू दैनिक रुपमा हैरान परेका छन्। १० मिनेटको अन्तरालमा पटक–पटक लाइन जाने क्रम चलिरहँदा शिक्षादेखि व्यवसाय, सञ्चारदेखि स्वास्थ्यसम्मका सबै क्षेत्रमा गम्भीर असर परेको छ।

साना होटल, पसल, कलकारखाना, फर्म तथा विभिन्न साना उद्योगहरू पूर्ण रुपमा प्रभावित भएका छन् भने मोबाइल, ल्यापटप, इन्टरनेट, प्रिन्टर जस्ता दैनिक आवश्यकता भएका साधनहरू चलाउन समेत नागरिक असमर्थ भएका छन्। , अनलाइन पढाइमा बाधा पुगेको छ भने शिक्षक र कर्मचारीहरू काम गर्न नपाएर दिनभरि हैरानी खेपिरहेका छन्।

स्थानीय बासिन्दाहरूले विद्युत प्राधिकरणमा पटक–पटक गुनासो गर्दा पनि “लाइन मर्मत भइरहेको छ”, “पानी परेकाले समस्या भएको हो” जस्ता सामान्य जवाफ मात्रै आउने गरेको छ तर समस्या भने घट्नुको सट्टा झन बढ्दै गएको छ। वर्षा सुरु हुनासाथ लाइन जानु नियमितजस्तै भइसकेको छ, पानीको केही थोपा परेपछि नै बत्ती गायब हुने गरेको स्थानियको गुनासो छ। यसले गर्दा रातको समयमा अन्धकारमा बस्नुपर्ने अवस्था, घरायसी काम रोकिने समस्या, व्यवसायमा घाटा, र मानसिक तनाब अत्यन्त बढ्दो छ।

नागरिकहरू प्रश्न गर्छन्— कर समयमै तिर्छौं, सेवा किन पाउँदैनौं? के धादिङका पालिकामा बस्ने जनताले सधैँ सास्तीमै बस्नुपर्छ? के साना व्यवसाय गर्ने, पढ्ने विद्यार्थी, घरधुरी चलाउने आम नागरिकको आवाज कसैले सुन्दैन? किन सम्बन्धित निकाय मौन छन्, किन जनप्रतिनिधिहरूले आवाज उठाउँदैनन्?

यस समस्याले दैनिक रूपमा नागरिकको जीवनमाथि गम्भीर प्रभाव पारिरहँदा पनि जिम्मेवार निकायको उदासीनता अत्यन्त निन्दनीय छ। अब समस्या हेरेर बस्ने होइन, समाधान खोज्ने बेला आएको छ। सम्बन्धित निकाय, जनप्रतिनिधि तथा प्राधिकरणको तत्काल ध्यान जाओस् भन्ने सबै नागरिकको एकै माग हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
1
+1
0
+1
0
+1
1
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...