Sacho TV

धादिङ अस्पतालमा थपिए दुई हेमोडायलासिस मेसिन, असार १६ देखि सेवा विस्तार

 

धादिङ, हेमोडायलासिस मेसिन बिग्रिएर प्रभावित भएकाे धादिङ अस्पतालकाे हेमाे डनयलासिस सेवा विस्तार हुने भएकाे छ ।
धादिङ अस्पतालमा दुईवटा नयाँ हेमाे डायलासिस मेसिन थपिएका छन्।
बागमति प्रदेश सरकार. स्वास्थ्य मन्त्रालय अन्तरगत स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट प्राप्त नयाँ मेसिनहरूसँगै अस्पतालले असार १६ गतेदेखि सेवा विस्तार गर्ने तयारी गरेको छ।

धादिङ अस्पतालले २०७९ साउन २६ गतेदेखि मृगौला उपचारका लागि हेमाे डायलासिस सेवा सुरु गरेको थियो। हालसम्म २२ जना बिरामीले नियमित सेवा लिइरहेका छन् भने २६ जना बिरामी सेवा पर्खिरहेका छन्। तीमध्ये अधिकांश अन्य अस्पतालमा हेमाे डायलासिस सेवा लिन बाध्य छन्।

धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक मेसु डा. गगन अधिकारीका अनुसार, “५ वटा मेसिनमध्ये २ वटा बिग्रिएका कारण अस्पतालमा तीनवटा मेसिनमार्फत मात्र सेवा दिइरहेको थियो। बागमति प्रदेश सरकार. स्वास्थ्य मन्त्रालय अन्तरगत स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट नयाँ मेसिन प्राप्त भएपछि प्रतीक्षा सुचिमा रहेका १० जनाले सेवा पाउने छन् ।

नयाँ मेसिन सञ्चालनमा आएसँगै अब डायलाइसिस सेवाबाट वञ्चित बिरामीलाई सहज पहुँच हुने आशा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...