Sacho TV

धादिङ अस्पतालमा वृहत रक्तदान कार्यक्रममा सम्पन्न ११९ जनाले गरे रक्तदान

धादिङ : लाइन्स क्लब अफ काठमाण्डौ सूर्यमुखीको आयोजनामा धादिङ अस्पताल परिसरमा वृहत रक्तदान कार्यक्रम  सम्पन्न भएको छ ।

आज बिहान देखी बेलुका सम्म भएको रक्तदान कार्यक्रममा ३४ जना महिला र ८५ जना पुरुष गरी कूल ११९ जनाले रक्तदान गरेको क्लबका अध्यक्ष विक्रम विश्वकर्माले बताएका छन्।

कार्यक्रममा प्रमुख अतिथि निलकण्ठ नगरपालिकाका उप प्रमुख दीपक विश्वकर्मा र अतिथिहरु धादिङ अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राधिका सापकोटा, नेपाल रेडक्रस सोसाईटी धादिङका अध्यक्ष दुर्लभ कुमार तामाङ, नेपाल पत्रकार महासङ्घ धादिङका अध्यक्ष सिताराम अधिकारी, र धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक डा.गगन अधिकारीले स्वयंसेवी रक्तदाटाहरुलाई ब्लड ब्याग दिएर संयुक्त रुपमा रक्तदान कार्यक्रमको शुभारम्भ गरेका थिए।

कार्यक्रममा लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ आईका ब्लड डनेसन डिष्ट्रिक्ट चिफ लायन पंकज जलन, रिजन चियर पर्सन कृष्ण बहादुर पौडेल, क्लबका संस्थापक अध्यक्ष कविता ईटनी, जोन चियर पर्सन कृष्ण प्रसाद ढकाल लगायतको उपस्थिति रहेको थियो।

क्लबका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद ढकालको आज जन्म दिन समेत रहेकोमा जन्मदिनको केक काटेर उनलाई अतिथिहरुले जन्मदिनको शुभकमना दिएका थिए।

आजको वृहत रक्तदान कार्यक्रममा ११९ स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरेकोमा क्लबका अध्यक्ष विक्रम विश्वकर्माले विशेष धन्यावाद प्रकट गर्दै यही महिनाको असार ३१ गते गजुरी गाउँपालिकाको वडा नं ७ स्थित सीमान्तीकृत चेपाङ समुदायको वस्तीमा निःशुल्क वृहत विषेशज्ञ स्वास्थ्य शिविर घोषणा भई तयारीमा जुटेको बताए।
कार्यक्रममा प्रमुख अतिथि निलकण्ठ नगर प्रमुख दीपक विश्वकर्माले क्लबले आयोजना गरेको रक्तादान कार्यक्रमको प्रशंशा गर्दै आगामी दिनहरुमा पनि यस्तै सामाजिक सेवाको क्षेत्रमा क्रियाशील रहँदै समाज सेवामा योगदान पुर्याउन क्लब परिवारलाई प्रोत्साहन गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...