Skip to main content

Sacho TV

बुढीगण्डकी जलविद्युत कम्पनीमा सीईओ नियुक्तिका लागि दरखास्त खुला -SachoKhabar.com

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो १२०० मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनाका लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ। कम्पनीले खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्ति गर्न १५ दिनभित्र दरखास्त दिन अनुरोध गरेको हो।

उम्मेदवारले मान्यता प्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्यशास्त्र वा इन्जिनियरिङ विषयमा स्नातकोत्तर उपाधि लिएको र पूर्वाधार क्षेत्रको व्यवस्थापन, अध्यापन वा अनुसन्धानमा कम्तीमा १२ वर्षको अनुभव भएको हुनुपर्नेछ। उमेर ४० देखि ६१ वर्षबीच हुनुपर्नेछ।

बुढीगण्डकी आयोजना राष्ट्रिय गौरवको आयोजनामध्ये एक हो, जसको विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार भइसकेको र पुनःस्थापना तथा मुआब्जा वितरणको काम भने जारी छ।

सम्पर्क: बुढीगण्डकी जलविद्युत कम्पनी लिमिटेड, काठमाडौँ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...