Sacho TV

लायन्स क्लव अफ काठमाण्डौं सुर्यमुखीको नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न ।

धादिङ– गजुरी गाउँपालिका–६ स्थित भानुभक्त माध्यामिक विद्यालयमा भएको निशुल्क बृहत विशेषज्ञ स्वास्थ्य शिविरमा ४ सय १ जनाले सेवा लिएका छन् ।

विपन्न तथा सीमान्तकृत समुदायका नागरिकहरुलाई विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्धेश्यले लायन्स क्लब अफ काठमाण्डौं सूर्यमुखीले आयोजना गरेको स्वास्थ्य शिविरमा ३ सय १९ जना महिला र ८२ जना पुरुषले सेवा लिएका हुन् । ती मध्ये ८७ जनाले भिडियो एक्स रे सेवा, ६३ जनाले स्त्री तथा प्रसुति सेवा, ५८ जनाले हाडजोर्नी तथा जेनरल सेवा,५१ जनाले जर्नरल सर्जरी, २३ जनाले बालरोग, ४० जनाले डेन्टल र ६ जनाले ईसिजी सेवा लिएको कार्यक्रम संयोजक डाक्टर दिनेश रेग्मीले जानकारी दिए ।

शिविरमा दम, सुगर, प्रेसर तथा मुटुरोग सेवा, हाडजोर्नी तथा नशा रोग सेवा, बालरोग सेवा, स्त्री तथा प्रसुति रोग सेवा, दन्त रोग सेवा, मानसिक रोग सेवा, भिडियो एक्स रे सेवा प्रदान गर्नुका साथै निशुल्क औषधि समेत वितरण गरिएको डाक्टर रेग्मीले जानकारी दिए ।

संस्थाले विगतका दिनहरूदेखि नै सामाजिक कार्य गर्दै आएको संस्थाका अध्यक्ष विक्रम विकले जानकारी दिए । शिविरले शिविर संचालन गरिएको क्षेत्र आसपासका नागरिकको स्वास्थ्य अवस्थाको जानकारी भएको र नियमित रुपमा स्वास्थ्य परिक्षण गर्नु पर्ने संदेश दिएको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...