Sacho TV

नीलकण्ठ बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा डा . मुरारी अधिकारी नियुक्त

धादिङ– नीलकण्ठ बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा डाक्टर मुरारी अधिकारी नियुक्त भएका छन् । धादिङ जिल्लाको जिल्ला सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसको आगामी ४ बर्षे कार्यकालको लागि अधिकारी क्याम्पस प्रमुखमा नियुक्त भएका हुन् ।

 

वि.स. २०५७ सालमा १२ जना विद्यार्थीबाट सुरु भएको नीलकण्ठ क्याम्पस विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायन (QAA) प्राप्त गर्ने जिल्लाको पहिलो र एकमात्र क्याम्पस हो । स्नातक तथा स्नाकोत्तरसम्मको अध्यापन गराइने नीलकण्ठ क्याम्पसमा करिव एक हजार विद्याथीहरु अध्ययनरत छन् ।

 

नीलकण्ठ क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख नवराज शर्माको दुइ कार्यकालको ८ वर्ष सकिय लगत्तै क्याम्पस प्रमुख कसलाई बनाउने भन्ने विषयमा चर्चा चलेको थियो । क्याम्पस सञ्चालन समितिको ११३औं वैठकबाट अधिकारीलाई क्याम्पस प्रमुखको जिम्मेवारी तोकेको हो । नीलकण्ठ क्याम्पसको नवनियुक्त क्याम्पस प्रमुख अधिकारीले नीलकण्ठ क्याम्पसको शैक्षिक गुणस्तर तथा क्याम्पसको गरिमालाई थप उचाईमा पुर्याउने गरि काम गर्ने बताएका छन् ।

अधिकारी डेढ दशक लामो समयदेखि अध्यापन पेशामा निरन्तर सक्रिय छन् । त्यस्तै गरि, २ दशकदेखि पत्रकारितामा समेत उनी सक्रिय रुपमा रहेका छन् । अध्यापन र पत्रकारिता दुवै पेशालाई एकै साथ अगाडी बढाइरहेका अधिकारी दुवै पेशामा अब्बल र सक्रिय छन् । गोरखापत्र दैनिकमा आवद्ध अधिकारी पत्रकारहरुको हक हितमा काम गर्ने विभिन्न संघसंस्थाहरुमा समेत आवद्ध रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...