Sacho TV

नेवा: पुच: कतारको १४औं स्थापना दिवस भव्य रूपमा सम्पन्न

दोहा, कतार – साउन १२, / जुलाई २८,
राज श्रेष्ठ,

नेवारी संस्कृति, भाषा, भेषभूषा र पहिचानको संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको नेवा: पुच: कतारले आफ्नो १४औं स्थापना दिवस तथा शुभकामना आदान–प्रदान कार्यक्रम सांस्कृतिक प्रस्तुतिसहित भव्य रूपमा सम्पन्न गरेको छ।

“आफ्नोपन, आफ्नो पहिचानको लागि नेवारी एकता, भाषा, भेषभूषा तथा संस्कृतिको संरक्षण आजको आवश्यकता” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रम नेपाल संवत ११४५ गुंलाथ्व पारुका दिन दोहा स्थित ग्रेन्ड मलको वेयलफेयर रेस्टुरेन्टमा सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष श्री राकेश श्रेष्ठ, प्रमुख सल्लाहकार श्री डि.एन. मगर, समाजसेवी तथा सफल व्यवसायी डा. देवकाजी डंगोल, पत्रकार महासंघ कतारका अध्यक्ष श्री दिलकुमार श्रेष्ठ लगायत अन्य विशिष्ट अतिथि, मातृ संस्थाका अध्यक्ष, सातवटै प्रदेश समन्वय परिषद्का प्रतिनिधिहरू, महिला समाज, साहित्यिक संस्था, कलाकार तथा विभिन्न समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

स्थापना दिवसको कार्यक्रम यो वर्ष पहिलो पटक १४ साल (संवतः) मा आयोजना गरिएको हो। कार्यक्रममा नेपाली राष्ट्रिय गानसहित नेवारी बाजागाजामा सजिएर आएका सहभागीहरूले साउन–भदौको काठमाडौं उपत्यकाका जात्राहरूको सम्झना दिलाउने वातावरण बनाएका थिए।

स्थानिय कलाकारहरूले नाचगान, गायन, मुक्तक वाचनजस्ता बेजोड प्रस्तुति दिएका थिए। साथै, भाग्यशाली उपहार चिठाको पनि समावेश गरिएको थियो।

कार्यक्रम सञ्चालन महासचिव बिकास श्रेष्ठ र सचिव रामहरि श्रेष्ठले गरेका थिए भने अध्यक्ष जमुना श्रेष्ठले कार्यक्रमको समापन गर्दै आर्थिक, भौतिक र नैतिक सहयोग पुर्‍याउने सम्पूर्ण सहयोगीप्रति धन्यवाद व्यक्त गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...