Sacho TV

लायन्स क्लव अफ काठमाडौं सूर्यमूखीद्धारा धादिङका जेहनदार बिध्यार्थीलाई छात्रवृत्ति वितरण

धादिङ । लायन्स क्लव अफ काठमाडौं सूर्यमूखीले जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । जनस्वास्थ्य तथा प्राविधिक अध्ययन स्कुलमा अध्ययनरत ज्वालामुखी गाउँपालिका–४ की छात्रा रेशु विश्वकर्मालाई एकमुष्ट २७ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरेको हो ।
आर्थिक अवस्था कमजोर रहेका एचए दोस्रो वर्षमा अध्ययनरत उनीलाई सहयोग पुग्ने अपेक्षाले छात्रवृत्ति प्रदान गरिएको क्लवका अध्यक्ष विक्रम विश्वकर्माले बताए । ‘हामीले विभिन्न खालका सामाजिक कार्य गर्दै आएका छौं । कहिले स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, सरसफाई कार्यक्रम लगायतका विभिन्न कार्यक्रमहरु गर्यौं’ उनले भने– ‘एचए अध्ययन गरिरहनु भएकी उहाँलाई उत्साह र थोरै भएपनि सहयोग पुगोस् भनेर सहयोग गरेका हौं । आशा छ, स्वास्थ्यकर्मी भएर देश र जनाताको सेवा गर्ने उहाँको सपना पुरा गर्न थोरै भए पनि मलजल हुनेछ ।’

रेशु विश्वकर्माले छात्रवृत्तिले आफुलाई ठूलो सहयोग पुगेको बताइन् । ‘अध्ययन गर्न चाहना भएर पनि आर्थिक अवस्था कमजोरका कारण विचैमा छाड्नु पर्ने बाध्यता धेरैको छ । दुख र संघर्षमा रहेको मलाई क्वलले दिएको छात्रवृत्तिले ठूलै राहत मिलेको छ’ उनले भनिन् ।

लायन्स क्लव अफ काठमाडौं सूर्यमूखीले एक कार्यक्रमकाविच छात्रवृत्ति तथा सवास्थ्यकर्मी तथा समाजसेवीहरुलाई सम्मान गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...