Sacho TV

गजुरीको आदमघाटमा वृक्षारोपण कार्यक्रम सम्पन्न

धादिङ — गजुरी गाउँपालिका–६ आदमघाटमा लायन्स क्लब अफ धादिङ हाइटको पहलमा आज वृक्षारोपण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। वातावरण संरक्षण र हरियाली विस्तारलाई लक्षित गर्दै आयोजित कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ, गाउँपालिकाका प्रतिनिधि, समाजसेवी, स्थानीय बासिन्दा, सामुदायिक प्रहरी तथा सशस्त्र प्रहरी बल (APF)को उल्लेखनीय सहभागिता रह्यो।

सहभागीहरूले विभिन्न प्रजातिका बिरुवा रोप्दै प्राकृतिक स्रोत–साधनको संरक्षण र वातावरणीय सन्तुलन कायम राख्न सबैलाई सक्रिय हुन आह्वान गरे। उनीहरूले वृक्षारोपणलाई एकदिने अभियानमा सीमित नगरी निरन्तर गर्नुपर्ने आवश्यकता औंल्याए।

स्थानीयको उत्साहपूर्ण सहभागिताले गाउँमा हरियाली विस्तार मात्र नभई आगामी पुस्ताका लागि स्वस्थ वातावरणको सन्देश दिएको आयोजकहरूले जनाएका छन्। सहभागी समुदायले रोपिएका बिरुवाको संरक्षणमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...