Sacho TV

धार्मिक एवं पर्यटकीय स्थल सिङ्ल्हामा म्हेन्दोमाया दोहोरी प्रतियोगिता सम्पन्न

धादिङ — उत्तरी धादिङमा तामाङ समुदायको मौलिक संस्कृति, भेषभूषा, रहनसहन र परम्परा झल्काउने म्हेन्दोमाया दोहोरी गीतको चौथो संस्करण सम्पन्न भएको छ।

धादिङ, नुवाकोट र रसुवाको संगमस्थल सिङ्ल्हा म्हाने क्षेत्रमा जनैपूर्णिमाको अवसरमा लाग्ने झाँक्री मेलासँगै जम्बुलिङ फिल्म्स प्रा.लि.को आयोजनामा प्रतियोगिता सम्पन्न गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि रुबीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङले भने, “यस किसिमका प्रतियोगिताले हाम्रो मौलिक संस्कृति र परम्परालाई संरक्षण गर्दै नयाँ पुस्तामा प्रेरणा जगाउँछ। स्थानीय पर्यटन प्रवर्द्धनमा पनि यसको ठूलो योगदान हुन्छ।”

आयोजक जम्बुलिङ फिल्म्स प्रा.लि.का अध्यक्ष राजकिङ वाइबाले भने, “म्हेन्दोमाया हाम्रो पहिचान हो। यसलाई निरन्तरता दिन र प्रतिभालाई अवसर दिन यो प्रतियोगिता नियमित गर्दै आएका छौं।”

प्रतियोगितामा चर्चित म्हेन्दोमाया कलाकारहरूको समेत उपस्थिति थियो। प्रतियोगितामा साल्मे ‘ए’ किस्पाङ विजेता र साल्मे ‘बी’ किस्पाङ उपविजेता बनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...