Sacho TV

धादिङको गणेश हिमाल क्षेत्रमा इको–ट्रेल निर्माण, रू. ९० लाख बजेट विनियोजन

 

धादिङ । धादिङ जिल्लाको रूबीभ्याली गाउँपालिका अन्तर्गत गणेश हिमाल क्षेत्रमा इको-ट्रेल निर्माण हुने भएको छ ।
यसका लागि रूबीभ्याली गाउँपालिकाको समन्वयमा बागमती प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत शहरी विकास तथा भवन कार्यालय, नुवाकोटबाट रू. ९० लाखको कार्यान्वयन बजेट विनियोजन गरिएको छ ।
रूबीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङले भने, “गणेश हिमाल क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र पर्यटकीय सम्भावनालाई जोड्ने गरी इको-ट्रेल निर्माण कार्य अघि बढाइनेछ । यसले स्थानीय रोजगार सिर्जना र गाउँको आर्थिक विकासमा ठूलो योगदान पुर्‍याउनेछ । साथै, बजेट विनियोजनको लागि धन्यवाद व्यक्त गर्दै छिटोभन्दाछिटो बोलपत्र आव्हान गरि निर्माण प्रक्रिया अघि बढाइने बताए ।”
परियोजना सम्पन्न भएपछि यस क्षेत्रको पर्यटकीय आकर्षण थप वृद्धि हुने र आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमन बढ्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...