Skip to main content

Sacho TV

धादिङमा पेट्रोल ट्याङकरमा आगलागी

धादिङ — धादिङको धुनिवेशी नगरपालिका–८ खानीखोला नजिकै पेट्रोल बोकेको ट्याङकरमा आगलागी भएको छ।

मंगलवार बिहान करिब १०:२० बजे बाराको अमलेखगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ना.७ ख.३७७४ नम्बरको ट्याङकरमा इन्जिनको तार सर्ट भई अचानक आगो लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ट्याङकरमा करिब २० हजार लिटर पेट्रोल रहेको थियो।

खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खानीखोलाबाट प्रहरी निरीक्षक नन्दराज जैशीको कमाण्डमा खटिएको टोली, स्थानीयवासी र दमकलको सहयोगमा करिब १०:३० बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार आगलागीमा मानविय क्षति नभएको र इन्जिनको तार मात्र क्षतिग्रस्त भएको छ। साथै, घटनाका कारण बाटो अवरुद्ध नबनेकोले सवारीसाधन आवागमन सामान्य रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...