Skip to main content

Sacho TV

धादिङका प्रमुख जिल्ला अधिकारी को सरुवा ,ओखलढुंगामा कार्यरत विजयराज सुवेदी आउदै

काठमाडौं, ५ भदौ । गृह मन्त्रालयले बुधबार २० जना सह सचिव र २४ जना उप सचिवको सरुवा गरेको छ । यसरी सरुवा हुनेहरुमा अधिकांश प्रजिअको जिम्मेवारीमा रहेकाहरु छन् ।
यस्तै धादिङका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेका सुमन घिमिरेलाई ललितपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ भने जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा कार्यरत विजयराज सुवेदीलाई धादिङको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा कामकाजमा खटाएर मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका छविलाल रिजालाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएका छन् । मन्त्रालयमा आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका जयनारायण आचार्यलाई भने प्रशासन महाशाखामा कामकाजमा खटाइएको छ ।मन्त्रालयको जगेडामा रहेका नमराज घिमिरेलाई भक्तपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।
यसैविच गृहमन्त्री लेखकका निजी सचिव उपसचिव बद्री तिवारीलाई म्याग्दीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा पठाइएको छ भने उपसचिव दिर्घराज उपाध्यायलाई दिइएको छ । सुदूरपश्चिम घर भएका उपाध्याय यस अघि बैतडी र दार्चुलामा प्रमुख जिल्ला अधिकारी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...