Sacho TV

धादिङबेसीमा नारी विकास सहकारीको १९औँ साधारण सभा सम्पन्न

धादिङबेसी । नारी विकास बचत तथा ऋण सहकारी संस्थाको १९औँ साधारण सभा तथा तीज विशेष कार्यक्रम शनिबार धादिङबेसीस्थित विपि स्मृति भवनको सभाहलमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि नीलकण्ठ नगरपालिकाका प्रमुख मेयर भीम प्रसाद ढुङ्गानाले सहकारी संस्था महिलाको आर्थिक सबलीकरण र सामाजिक सशक्तीकरणको प्रमुख आधार भएको भन्दै सहकारी सदस्यलाई उद्यमशीलता र उत्पादनमूलक क्षेत्रमा जोडिन आग्रह गरे।

सभामा संस्थाका पदाधिकारीहरूले वार्षिक प्रतिवेदन, आय–व्यय विवरण प्रस्तुत गरेका थिए भने आगामी वर्षका कार्यक्रम र बजेटसमेत पारित गरिएको छ।

साधारण सभासँगै आयोजना गरिएको तीज विशेष कार्यक्रममा सहकारी सदस्य महिलाहरूले सांस्कृतिक प्रस्तुति दिएर वातावरण उत्साहमय बनाएका थिए।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न सहकारी संस्थाका प्रतिनिधि, ,पत्रकार र ठूलो संख्यामा महिलाको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...