Sacho TV

झापाको बाह्रदशीमा अटोको ठक्करबाट एक  बालकको मृत्यु

झापा। जेठ ३१ ।(साझा अक्षर ) झापाको बाह्रदशीस्थित भित्री सडक खण्डमा अटोको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ ।

जेठ २५ गते दिउँसो अन्दाजी ४ः४५ बजेको समयमा बाह्रदशी गाउँपालिका वडा नम्बर ६ पाख्रिवास धमलागाउँस्थित भित्री पक्की सडक खण्डमा घैलाडुब्बाबाट फूलबारीतर्फ जाँदै गरेको मे १ ह ६२०२ नम्बरको अटोले धनकुटा घर भई हाल बाह्रदशी गाउँपालिका वडा नम्बर ६ बस्ने मामा टेकबहादुर भट्टराईको घरमा बस्दै आएका राजन कार्कीका छोरा ९ वर्षीय प्रज्वल कार्कीलाई ठक्कर दिएको थियो ।

टाउको र शरीरको विभिन्न भागमा चोट लागेर तत्काल उपचारको लागि बिर्तासिटी अस्पताल पठाइएकोमा बोल्न नसक्ने गम्भीर घाइते बालकलाई थप उपचारको लागि विराट मेडिकल अस्पतालको आइसियु कक्षमा राखी उपचार भइरहेकोमा आज ४।५३ बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

अटो र अटो चालक कनकाई नगरपालिका वडा नम्बर ८ बस्ने ३५ वर्षीय कुमार तामाङलाई इलाका प्रहरी कार्यालय अनारमनिले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...