Sacho TV

न्युटन्स बाल क्लब पुन: गठन, अध्यक्षमा न्यौपाने

अन्स न्यौपानेको अध्यक्षता नयाँ कार्यसमिति चयन गर्दै न्यूटन्स् बाल क्लबले चौथो अधिबेशन सम्पन्न गरेको छ । पुर्न:गठित क्लबको उपाध्यक्षमा सोनाली विमली,कोषाध्यक्ष केबिसा गुरागाईं , सचिव न्युसन थापा ,सहसचिव युवराज ल्वागुन चयन भएका छन् भने सदस्यहरु पुजा ताम्लिङ , प्रज्वल थापा ,संकेत कट्टेल, सन्दिप प्रसाई, सुप्रिया तामाङ, स्पन्दन सिटौला, सुप्रिम अधिकारी, दिपिका तिम्सिना, मनसा शिवाकोटी, उषाली खनाल, स्मृति नेपाल, वैभव चौहान, रुहान गौतम, मेरिना दंगाल, सान्वी बराइली सर्वसम्मत चयन गरिएको बाल क्लबकि फोकल पर्सन मिनु शिवाकोटीले जानकारी दिईन ।

बिर्तामोड ५ मा रहेको न्यूटन्स् एजेकेशन एकाडेमिमा रहेको बालक्लबले विविध रचनात्मक गतिविधि गर्दै आएको छ ।

सदस्य निशा भट्टराईले स्वागत गरेको कार्यक्रममा कोषाध्यक्ष कृशा न्यौपानेले बार्षिक आर्थिक प्रतिबेदन प्रस्तुत गरेकी थिइन् । आर्थिक प्रतिबेदन अनुसार क्लबले विभिन्न कार्यक्रम र शिर्षकमा खर्च गरि  १ लाख ८ हजार रुपैयाँ बचत गर्न सफल भएको बताईएको छ ।

अध्यक्ष रोनिशा दाहालको अध्यक्षता रहेको कार्यक्रममा बालबालिका तथा शिक्षा संचार मञ्चका संयोजक सरोज पौडेलले बाल क्लब समूह मात्र नभएर असल नेतृत्व स्थापित गर्ने संभ्यताको स्कुल भएकाले केन्द्रीकृत भएर लाग्न सुझाव दिए । कार्यक्रममा  अभिभावक एकाई संघ सदस्य सबिता लिम्बु , बिद्यालय व्यवस्थापन समिति सदस्य मन्जु राई, संचारकर्मी  निश्चल आचार्य एकेडेमी  इन्चार्ज परासर दाहाल,बिद्यालय इन्चार्ज नोयल परेरा लगायतको उपस्थिति रहेको थियो ।

मिनिशा बर्फोङले संचालन गरेको कार्यक्रममा नवगठित पदाधिकारीलाई खदा र माईन्युट प्रदान गरिएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...