Sacho TV

ट्वान्टी-२० विश्वकप : नेपाल जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरियो

झापा असार ३ । एक दशकपछि आइसिसी ट्वान्टी-२० विश्वकपमा फर्किएको नेपाल जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको
छ।

सोमबार सम्पन्न समूह ‘डी’ को अन्तिम खेलमा बंगलादेशसँग २१ रनले पराजित भएसँगै नेपाल जितविहीन भएको हो। बंगालदेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाउँदै ८५ रन मात्रै बनाउन सक्यो।

नेपालका कुशल मल्लले सर्वाधिक २७ रन बनाए। दीपेन्द्रसिंह ऐरी २५ र आसिफ शेख १७ रनमा आउट हुँदा नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

बंगलादेशका तनजीम हसन साकिबले सर्वाधिक चार विकेट लिए। मुस्तफिजुर रहमानले तीन, शाकिब अल हसनले दुई र तस्किन अहमदले एक विकेटट लिए।

जितसँगै बंगलादेश चार खेलबाट ६ अंक जोड्दै सुपर ‘एट’मा पुगेको छ। बंगलादेशले श्रीलंकालाई दुई विकेट र नेदरल्यान्ड्सलाई २५ रनले पराजित गर्‍यो। दक्षिण अफ्रिकासँग भने चार रनले पराजित भयो।

नेपाल नेदरल्यान्ड्ससँग ६ विकेट र दक्षिण अफ्रिकासँग एक रनले पराजित भयो। श्रीलंकासँगको खेल वर्षाको कारण रद्द हुँदा नेपालले एक अंक पाएको थियो। यही एक अंकसहित नेपालले विश्वकप अन्त्य गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...