Skip to main content

Sacho TV

चलचित्र पत्रकारिता सम्बन्धी तालिम सम्पन्न

 

बिर्तामोड असार ११॥ चलचित्र  पत्रकार संघ नेपाल झापा शाखाको आयोजना  नेपाल चलचित्रकर्मी  संघको प्रबर्दन र बिर्तामोड नगरपालिकाको आर्थीक सहयोगमा एक दिने चलचित्र पत्रकारिता सम्बन्धी तालिम सम्पन्न भएको छ।

कार्यक्रम झापा अध्यक्ष रमेश तिवारीको अध्यक्षता र बिर्तामोड नगरपालिकाकी प्रमुख पबित्रा  महतरा प्रसाईको, प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

चलचित्र पत्रकारिता  सम्बन्धी झापाका पत्रकारहरुलाई जानकारी दिने उदेश्यले आयोजना गरिएको तालिमको चलचित्र पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष समिर बलामी र चलचित्र पत्रकार शान्ति प्रियाले सहजिकरण गरेका  थिए। तालिमामा झापाका बिभिन्न संचार माद्यममा कामगर्ने ४० भन्दाबडी पत्रकारहरुको सहभागिता रहेको थियो।

तालिमको उद्घाटन समारोहमा बोल्दै  अध्यक्ष बलामीले इन्टरनेटको प्रयोग बढेसँगै पत्रकारितामा चुनौती थपिएको र पछिल्लो समय सामाजिक सञ्जाल पत्रकारिताको लागि चुनौती बन्दै गएको बताउँदै उनले पत्रकारिता गर्न प्रबिधिमा दक्षसँगै नयाँपन हुन आवश्यक रहेको बताएका छन् । अध्यक्ष बलामीले चलचित्र पत्रकारिताको पहिले र अहिलेको अवस्थाका बारेमा जानकारी दिदै हाल अधिकांश मिडियाहरुले बिज्ञापनलाई समाचारको रुपमा प्रस्तुत गर्ने गरेको बताए ।  तेस्तै बरिष्ठ चलचित्र पत्रकार शान्ति प्रियले   नेपाली चलचित्र  पत्रकारिताको इतिहास र ५० को दसकमा चलचित्र र पत्रकारितामा प्रबिधीले ल्याएको परिवर्तन को  बिषयमा प्रशिक्षण दिएका थिए।

उद्घाटन कार्यक्रममा  नेपाल पत्रकार महासंघ झापा शाखा उपाध्यक्ष केशव भट्टराई, पत्रकार सुव्रत न्यौपाने, चलचित्रकर्मी संघका केन्द्रिय सदस्य मिजास पोखरेल, नेपाल चलचित्रकर्मी संघका कोशी प्रदेश अध्यक्ष केवल तामाङलगायतले शुभकामना मन्तव्य राखेका थिए ।  संघकी झापा सदस्य सुनिता तामाङले स्वागत गरेको कार्यक्रमको सञ्चालन झापा सह–सचिव सुरज प्रधानले गरेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...