Sacho TV

नेताको फोटोमा ‘लापता’ लेखेर विरोध प्रर्दशन

 

भद्रपुर असार २३ ॥ बिर्तामोड–भद्रपुर सडक निर्माणमा ढिलासुस्ती भएको भन्दै युवाहरूले झापाबाट निर्वाचित भएका नेताहरु केपी शर्मा ओली, विश्वप्रकाश शर्मा र राजेन्द्रप्रसाद लिङ्देनको फोटोमा ‘लापता’ लेखेर विरोध प्रर्दशन गरेका छन् ।

झापाको सदरमुकाम जोड्ने मुख्य सडक खण्ड अन्तर्गत चन्द्रगढीस्थित लेखनाथ चोकमा शनिबार मात्रै धान रोपेर विरोध जनाएका युवाहरूले आज यस क्षेत्रबाटै निर्वाचित भएका नेताहरुको फोटोमा ‘लापता’ लेखेर विरोध जनाएका हुन् ।

युवाहरूले विरोध जनाएपछि भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल आज (आइतबार) दिउँसो विरोध स्थलमा पुगेर सडक मर्मत सम्भार हुने आश्वासन दिएका छन् । सडक निर्माणका लागि शान्तिपूर्ण रुपमा दबाब मूलक कार्यक्रम गर्नुपर्ने अवस्था आएको छ । यो सडक बनाउन भद्रपुर नगरपालिका युवाहरूको साथमा रहेको नगर प्रमुख पोखरेलको भनाइ छ ।

चार लेनको सडक निर्माणमा ढिलासुस्ती हुँदा हिउँदमा धुलो र अहिले वर्षायाममा हिलाम्मे सडक कारण जनताले सास्ती झेल्दै आइरहेको छ। सो सडक अन्तर्गत भद्रपुरको देउनियाँ पुलदेखि लेखनाथ चोक हुँदै भैरव चोकसम्म चार लेनको सडकको ठेक्का लागे पनि अझै काम सुचारु भएको छैन ।

सो सडक निर्माणको ठेक्का काठमाडौँको कन्टेक प्रालिले करिब ६० करोड रुपैयाँमा लिएको हो। २०७७ माघ ६ गते ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले ३० महिनामा काम सम्पन्न गर्नुपर्ने सम्झौता रहेको थियो। सो अवधिमा कम्पनीले बिर्तामोड क्षेत्रमा मात्र काम गरिरहेको छ। दुई पटक म्याद थप गरिसकेका निर्माण कम्पनीले ४० प्रतिशत मात्र काम सम्पन्न गरेको सडक डिभिजन कार्यालय दमकका प्रमुख सुरेश पौडेलले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...