Sacho TV

वित्तिय साक्षरता सम्वन्धि एक दिवसीय तालिम सम्पन्न

 

बिर्तामोड,असार २८॥वित्तिय साक्षरता सम्वन्धि एक दिवसीय तालिम बिर्तामोडमा सम्पन्न भएको छ।

गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत बिर्तामोड नगरपालिकाले तालिमको आयोजना गरेको थियो । महिलाहरुलाई आत्मनिर्भर, सशक्तिकरण र उद्यमशिलतासंग जोडेर तालिमको आयोजना गरिएको नगरका वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिनाले बताउनुभयो ।

सहभागीहरुले तालिम फलदायी रहेको प्रतिक्रिया दिएका छन् । उनीहरुले बचत गर्ने बानीको विकास र आर्थिकरुपमा सक्षम हुनुका लागि आवश्यक उद्यमशिलताको विषयमा महत्वपुर्ण जानकारी प्राप्त गरेको धारणा व्यक्त गरेका छन् ।

विजय तिम्सिनाले सहजीकरण गर्नु भएको तालिममा बिर्तामोडका ८ वटा लघु उद्यमी समूहबाट २५ जना महिलाहरुले सहभागीता जनाएका थिए । नगरको आर्थिक विकास समिति संयोजक संगिता सिवाले तालिम उद्घाटन गर्नु भएको थियो ।

नगरपालिकाले बिहिबार इटहरीका विभिन्न लघुउद्यमीहरुले सञ्चालन गरेका ५ वटा फर्महरुमा अवलोकन भ्रमणसमेत गराएको उद्यम विकास शाखा प्रमुख चनिमाया तामाङले जानकारी दिनुभयो ।

 

स्थानीय श्रोत साधनको प्रयोग गरी शिप सिकौं, उद्यमी बनौं भन्ने मुख्यनाराका साथ उद्यमविकास शाखाले यस आर्थिक वर्षमा सिलाई कटाई, व्युटिपार्लर, ढाका बुनाई, झोला बनाउने, गुडिया बनाउने, बाख्रापालन लगायतका दर्जनौ तालिम प्रदान गर्नुकासाथै प्रविधिसमेत हस्तान्तरण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...