Sacho TV

बिर्तामोडमा पारीको होइन बारीको खाऊँ’ कार्यक्रम प्रभावकारी बन्दै

 

बिर्तामोड, १६ साउन :  झापाको बिर्तामोड नगरपालिकाले ‘पारीको होइन बारीको खाउ भन्ने उद्देश्यका साथ सुरु गरेको सामुदायिक तरकारी बिक्री केन्द्र प्रभावकारी बन्दै गएको छ। नगरका विभिन्न स्थानमा सामुदायीक तरकारी पसल खुले सँगै यसको प्रभावकारिता बढेको हो ।सोही क्रममा आज बिर्तामोड १ स्थित अतिथि सदन रोडमा पनि बिक्री केन्द्रको उद्घाटन गरिएको छ।

अतिथि सदन सामुदायिक तरकारी बिक्री केन्द्र उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले तरकारीमा पाइने विषादी न्यूनीकरणका लागि ‘पारिको होइन बारीको खाऊँ’ कार्यक्रम सुरु गरिएको बताउनु भयो ।भारतबाट विषादी अत्याधिक भएका तरकारी आयात हुने र त्यस प्रकारका तरकारीले स्वास्थ्यमा गम्भिर असर पर्ने बताउनु भयो । स्वास्थ्यको लागि स्थानीय उत्पादनमा ध्यानदिन आग्रह गर्दै उहाँले नगरको यस अभियानलाई परिणाममुखी बनाउनु पर्नेमा जोड दिनुभयो ।

यस्तै वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डेले

तरकारी बिक्री केन्द्रलाई अझै अन्य स्थानमा पनि बढाएर लैजानु पर्ने बताउनु भयो । कार्यक्रम सुरु भएपछि उपभोक्ताको माग बढ्दै गएकोले प्रभावकारीतामा ध्यानदिनु पर्ने बताउनु भयो ।

अतिथि सदन सामुदायिक तरकारी बिक्री केन्द्र सञ्चालन समिति उपाध्यक्ष तिलरुपा श्रेष्ठको अध्यक्षतामा आज (बुधबार) आयोजित उद्घाटन कार्यक्रममा नगरकी आर्थिक विकास समिति संयोजक तथा कार्यपालिका सदस्य संगिता सिवा, कृषि शाखा प्रमुख राजेन्द्र कडरिया, वडासचिब टिका अधिकारी लगायतले धारणा राख्नु भएको थियो ।

बिर्तामोड नगरपालिकामा १ सय १७ जना व्यवसायिक तरकारी उत्पादक किसान छन् । स्वास्थ्यका दृष्टिकोणले ३५ प्रतिशतसम्म विषादी भएका तरकारी खान योग्य मानेपनि नगरपालिकाले सुरु गरेको सामुदायिक तरकारी केन्द्रमा १५ प्रतिशत भन्दा बढी बिषादी भएका तरकारी विक्री वितरण नगरीने दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...