Sacho TV

वीरता जेसिजद्वारा विद्यालयका सवारी चालक तथा परिचालकलाई प्रशिक्षण प्रदान

 

बिर्तामोड साउन १९ ।। वीरता जेसीजले बिर्तामोड नगरपालिका क्षेत्रभित्र रहेका सामुदायिक संस्थागत तथा मन्टेश्वरीमा कार्यरत सवारी चालक तथा परिचालकलाई प्रशिक्षण प्रदान  गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको प्राविधिक सहयोग तथा हिमालयन एभरेष्ट इन्स्योरेन्सले प्रायोजन गरेको कार्यक्रममा बिर्तामोड नगर प्याव्सनले संयोजन गरेको थियो । बिर्तामोड नगरपालिका शिक्षा शाखाले कार्यक्रमको सहजीकरण गरेको कार्यक्रममा विभिन्न विद्यालयका सवारी चालक तथा परिचालक गरी तीन सय भन्दा धेरैको सहभागीता रहेको थियो ।

वीरता जेसीजका अध्यक्ष विकास बस्नेतको अध्यक्षता तथा कोशी प्रदेशका खानेपानी, सिँचाई तथा उर्जा मन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

वीरता जेसीजका कोषाध्यक्ष टिकाराम खतिवडाले संयोजन गरेको कार्यक्रममा स्वागत गर्दै कार्यक्रमका विषयमा जानकारी गराएका थिए ।

संस्थाका कार्यकारीणी उपाध्यक्ष अमरजीत साहले आस्था बाचन गरेको कार्यक्रममा जेसीजको मिसन भिजन जुनियर जेसीजका कानूनी सल्लाहकार निश्मा थाम्सुहाङ्ग प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला,बिर्तामोड नगरपालिका शिक्षा शाखा प्रमुख तीलचन भण्डारी, प्याव्सनका बिर्तामोड नगर अध्यक्ष उत्तम खनाल, नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष भीम कुँवर, चेम्वर अफ कमर्स झापाका अध्यक्ष ओमकृष्ण विमली, हिमालयन एभरेष्ट इन्स्योरेन्सका बिर्तामोड शाखा प्रमुख सुशील थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन महासचिव सुमन पोद्दारले गरेका थिए भने धन्यवाद ज्ञापन कार्यकारीणी उपाध्यक्ष एलसी श्रेष्ठले गरेका थिए । कार्यक्रममा चालक तथा सहचालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी नायव निरीक्षक पूर्ण गौतमले प्रशिक्षण प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...