Sacho TV

इरानलाई सोझो सेटमा पराजित गर्दै नेपाल फाइनलमा उपाधिका लागि भारत संग खेल्ने

 

काठमाडौँ साउन २२।।  घरेलु टोली नेपालले काभा वुमन्स नेसन्स भलिबल लिगको फाइनलमा पुगेको छ । नेपालले इरानलाई सोझो सेटमा पराजित गर्दै भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो।

यससँगै नेपालले यसअघि भोगेको हारको बदला पनि लिन सफल भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार भएको दोस्रो सेमिफाइनल भिडन्तमा नेपालले इराला ३-० को सोझो सेटमा हरायो । नेपालले इरानविरुद्ध पहिलो सेटमा २५-२१, दोस्रोमा २८-२६ र तेस्रोमा २५-२० को जित निकालेको हो ।

यसअघि समूह चरणको अन्तिम खेलमा नेपालले मल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेर इरानसँगको भेट पक्का गरेको थियो।

नेपालले यसअघि समूह चरणको पहिलो खेलमा श्रीलंकालाई ३–० को सोझो सेटमा हराएको थियो । दोस्रो खेलमा उपाधि दाबेदार भारतलाई ३–२ ले हराउँदै नेपालले सेमिफाइनल यात्रा तय गरेको थियो।

आइतबार भएको तेस्रो खेलमा नेपाल इरानसँग ३–२ ले पराजित भयो । सोमबार लिगचरणको अन्तिम खेलमा नेपालले अंकविहीन माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...