Sacho TV

अर्जुनधाराका दुई खेलाडीलाई थाइल्यान्डमा पदक

 

झापा साउन २७ ।। झापाको अर्जुनधाराका दुई खेलाडीले थाइल्यान्डमा जारी सातौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा पदक प्राप्त गरेका छन् ।

शनिबारदेखि थाइल्यान्डमा सुरु भएको प्रतियोगिताको पहिलो दिन शैलेश तामाङले स्वर्ण र सम्यत थापाले रजत पदक प्राप्त गरेका हुन

शनिश्चरे तेक्वान्दो डोजाङका उत्पादन तामाङले ५१–५५ केजी र थापाले ५६ केजी तौलमाथिको समूहमा प्रतिस्पर्धा गरेका थिए । तामाङ अर्जुनधारा-९ र थापा वडा नम्बर ६ का हुन् ।

तामाङले पहिलो चरण र सेमिफाइनलमा थाइल्यान्डका खेलाडीलाई हराए भने फाइनलमा फिलिपिनो खेलाडीलाई रोकेर स्वर्ण हात पारेका हुन् ।

त्यस्तै, थापाले पहिलो चरणमा थाइल्यान्डका खेलाडी र सेमिफाइनलमा माल्दिभ्सका खेलाडीलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका थिए । उनलाई इन्डोनेसियन खेलाडीले उपाधिका लागि रोकेका थिए ।

प्रतियोगितामा भोलि झापाका खेलाडी प्रिजन नेम्वाङले २९–३२ तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् भने विवेक गिरीले पुम्से प्रदर्शन गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...