Sacho TV

रेडियो भिजनको साधारण सभा सम्पन्न,अध्यक्षमा पुन: डालमिया

बिर्तामोड साउन ३२।।  झापाको बिर्तामोडबाट सञ्चालित रेडियो भिजनको साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले रेडियो भिजनको सञ्चालक समितिको अध्यक्षमा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य उमेश डालमिया लाई दोस्रो कार्यकालको लागि चयन गरेको छ।

बिहीबार बिर्तामोडमा आयोजित वार्षिक साधारण सभाले डालमियाको अध्यक्षतामा कार्यसमिति सर्वसम्मत चयन गरेको हो । साधारण सभाले झापा उद्योग संघका वरिष्ठ उपाध्यक्ष तथा भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाललाई सञ्चालक समितिको उपाध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ ।

रेडियो भिजन सञ्चालक समितिको सचिवमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य गणेश पोखरेल र कोषाध्यक्षमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाका पूर्व अध्यक्ष चूडामणि लिम्बू (विशाल नेम्वाङ) सर्वसम्मत निर्वाचित भएको जनाइएको छ ।

त्यसैगरी, सञ्चालक समितिको सदस्यहरुमा माधव विद्रोही, सुब्रत न्यौपाने र लक्ष्मीप्रसाद सापकोटा निर्वाचित भएका छन् ।

साधारण सभाले बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतरा प्रसाईंको अध्यक्षतामा पाँच सदस्यीय सल्लाकार समिति चयन गरेको छ । सल्लाहकार सदस्यहरुमा हरि सापकोटा, गोपालबहादुर थापा, नरेन्द्र बराल र कूलप्रसाद खरेल रहेको जनाइएको छ ।

साधारणसभामा रेडियो भिजनका प्रबन्ध निर्देशक गणेश पोखरेलले सञ्चार उद्यमले व्यहोर्नु परेको कठिनाइसँग पौंठेजोरी खेल्दै रेडियो भिजन सुरक्षित अवस्थामा सञ्चालन भइरहेको जानकारी गराएका थिए । उनले बजार सुदृढ हुनासाथ रेडियो मुनाफातिर जाने अवस्था रहेकोले सबै सेयर सदस्यहरुलाई ढुक्क रहन आश्वस्त पारेका थिए ।

झापामा एफएम रेडियो बन्द हुँदै गएको चिन्तित अवस्थालाई नियाल्दा रेडियो भिजन २००० वाटबाट निरन्तर सञ्चालनमा आएको बताउँदै प्रबन्ध निर्देशक पोखरेलले भने, बजारको चुनौतीले गर्दा हामीले व्यापार बढाउन नसके पनि खर्च व्यवस्थापनमा मितव्ययी बनेर सञ्चालनमा छौं ।

सञ्चालक समितिका अध्यक्ष डालमियाको अध्यक्षतामा भएको साधारण सभामा प्रस्तुत आर्थिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदनलाई सभाले पास गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...