Sacho TV

खोटाङमा पहिरोले पुरिएर एक शिक्षिका को मृत्यु

 

खोटाङ साउन ३२ ।। भारी वर्षपछि गएको पहिरोले पुरिएर खोटाङमा एक शिक्षिकाको निधन भएको छ। जिल्लाको रावाबेँसी गाउँपालिका ३ की ६० वर्षीया सावित्रादेवी नेवारको पहिरोले पुरिएर निधन भएको हो।

स्थानीय विश्वज्योति माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका नेवार बिहीबार विद्यालय जाँदै गर्दा बाटोमाथिबाट खसेको पहिरोले पुरिएकी थिइन्। प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पहिरोले पुरेर गम्भीर घाइते भएकी नेवारको उद्धार गर्न ढिला भएकाले घट्नास्थलमै निधन भएको स्थानीयले बताएका छन्। घटनाबारे अनुसन्धान भइरहेको खोटाङ प्रहरीलाई उद्धृत गर्दै प्रदेश प्रहरी प्रवक्ता वरिष्ट उपरीक्षक भीम दाहालले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...