Sacho TV

गोल वर्षा भएको खेलमा आयोजक सङ्घर्ष स्पोर्टिङ क्लब विजयी

 

ताप्लेजुङ भाद्र ३ ।। आजबाट ताप्लेजुङको सदरमुकाम फुङ्लीङमा सुरु भएको दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल  प्रतियोगितामा आयोजक सङ्घर्ष स्पोर्टिङ क्लब ताप्लेजुङले विजयी सुरुवात गरेको छ।

आज भएको उद्‌घाटन खेलमा पाहुना टोली कञ्चनजङ्घा फुटबल क्लब सिलगुडी भारतलाई ७-५ गोलको  अन्तरले पछि पार्दै संघर्ष स्पोर्टिङ युवा क्लब ताप्लेजुङले विजय सुरुवात गरेको हो ।

विजय भए सँगै संघर्ष स्पोर्टिङ युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । अब संघर्ष स्पोर्टिङ युवा क्लबले भाद्र ५ गते हुने रूपन्देही र मोरङबीचको बिजेतासँग सेमिफाइनल खेल खेल्ने भएको छ भने, कञ्चनजङ्घा फुटबल क्लब सिलगुडीको यत्रा यही अन्त्य भएको छ ।

भोलि छिमेकी जिल्ला पाँचथर र सलहेश युवा क्लब सिरहाबीचको खेल हुने आयोजकले जनाएको छ

लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिद्वारा भानु जन माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित खेलको विजेताले नगद ५ लाख उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन्

नेपाल र भारतका गरी आठ टिम सहभागी प्रतियोगिता भाद्र १० गतेसम्म सञ्चालन हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...