Sacho TV

साफ U२० च्याम्पियनसिप सेमिफाइनल समीकरण पूरा, भारतले बङ्गलादेश तथा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्ने

 

काठमाडौँ – साफ यु–२० च्याम्पियनसिप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ। शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको समूह ‘बी’को अन्तिम खेलमा भारतले माल्दिभ्सलाई १–० ले हराउँदै समूह विजेताका रुपमा सेमिफाइनल प्रवेश गर्‍यो।

प्रतियोगितामा समूह ‘बी’ बाट भारत दुई खेलमा दुवै जितसहित ६ अङ्कका साथ शीर्ष स्थानमा रहँदा नेपाल समूह ‘ए’ बाट समूह विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गर्‍यो। समूह ‘बी’बाट माल्दिभ्स बाहिरिँदा भुटानले उपविजेताका रुपमा नेपालसँगको भेट पक्का गर्‍यो। समूह ‘ए’ बाट श्रीलंका बाहिरिँदा बंगलादेश उपविजेता बनेको थियो।

अब फाइनल प्रवेशका लागि भारतले बंगलादेशको सामना गर्दा नेपाल र भुटान भिड्ने छन्। शुक्रबार भारतविरुद्ध राम्रो प्रदर्शन गरेको माल्दिभ्स इन्जुरी समयमा गोल खान पुगेको थियो। भारतका लागि माङ्लेङथान किपगेनले निर्णायक गोल गरे।

त्यसअघि खेलको १८औँ मिनेटमा भारतले अग्रता लिने राम्रो मौका चुकाएको थियो। कौउर सिंहले दिएको पासलाई डिबक्सभित्रबाट मोनिरूलले बाहिर फाल्दा सम्भावित अग्रता टर्‍यो। पहिलो हाफमा दबाब बनाए पनि भारत गोल गर्न असफल भयो। दोस्रो हाफमा पनि दबाब बनाएको भारतले खेलको अतिरिक्त समयमा मात्र गोल गर्न सफल भयो। माल्दिभ्स पनि सीमित मौकामा गोल गर्न चुकेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...