Sacho TV

डिफेन्डिङ च्याम्पियन भारतलाई हराउँदै बङ्गलादेश फाइनलमा

 

गत संस्करणको उपविजेता टोली बङ्गलादेश  डिफेन्डिङ च्याम्पियन भारतलाई हराउँदै साफ U 20 फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

साविक विजेता भारतलाई  पेनाल्टी सुटआउटमा ४-३ ले हराउँदै बंगालादेश उपाधि नजिक पुगेको हो। अब बंगालादेशले फाइनलमा आयोजक नेपालको सामना गर्नेछ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दोस्रो सेमिफाइनलको निर्धारित समय १-१ को बराबरी पछि टाइब्रेकरमा बंगलादेशले बाजी मारेको हो ।

बंगालादेशका गोलकिपरले भारतका २ खेलाडीको‌ पेनाल्टी रोक्दै टोलीलाई अन्तिम दुईमा‌ पुर्याए हुन् । पहिलो हाफमा लिएको अग्रतालाई जोगाउन नसक्दा बंगलादेशले हितका लागि पेनाल्टी सुटआउटसम्म कुर्नु परेको थियो।

दोस्रो हाफमा गोल गर्दै खेलमा फर्के पनि पेनाल्टी सुटआउटमा दुई खेलाडी असफल भएसँगै भारत उपाधि रक्षा गर्नबाट चुकेको छ ।

नेपाल र बंगलादेशबीचको फाइनल बुधवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...