Sacho TV

आजको दिनको सुरुवात गरौं आजको राशिफल बाट

 

मेष : लगानी गरेको भए फाइदा हुनेछ। शिक्षामा गरेको श्रमबाट नाम, दाम र सम्मान बढ्नेछ। सामाजिक क्षेत्रमा तपाईंको संगठन राम्रो छ। सोचेका काम बन्नेछन्। परिवारसँगको सम्बन्ध सकारात्मक बन्नेछ।

वृष : स्वदेशमा लगानीका सम्भावना पत्ता लगाएर रमाउने दिन छ। तपाईंको कामको धेरैले प्रशंसा गर्नेछन्। परिवारको सल्लाह र सुझाव तपाईंको लागि महत्त्वपूर्ण हुनेछ। राजनीतिक क्षेत्रमा चर्चा गरेर दिन सहजै बित्नेछ।

मिथुन : बन्धुसँग भेट हुनेछ। हात हतियार सम्बन्धी तालिममा तपाईंले अगुवाइ गर्नुपर्नेछ। राज्यलाई हातहतियारको सुरक्षाको विषयमा प्रशिक्षण दिने अवसर मिल्नेछ। परिवारले शंका गरे पनि साथीभाइसँगको संगतले दिन रमाइलो बन्नेछ।

कर्कट : आज धनलक्ष्मी योग परेको छ। लगानी र श्रम गरेको क्षेत्रबाट फाइदा हुनेछ। लगानीका क्षेत्रमा अवसर प्राप्त भए हिम्मत गर्नुपर्नेछ। विदेशको रमझमले मन तान्नेछ। खानपानमा ख्याल नगर्दा रोग थपिने छ। संकटमा परिवारको साथ र सहयोग मिल्ने दिन छ।

सिंह : निजी समस्याको समाधान हुनेछ। भोलिका लागि कार्ययोजना बन्नेछन्। लगानी गरेको भए फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा गरेको श्रमबाट फाइदा हुनेछ। परिवारको साथमा दिन रमाइलोसँग बित्नेछ।

कन्या : राज्यको तर्फबाट भय हुनसक्ने देखिन्छ। बोल्नु अगाडि सोच्नुपर्ने देखिन्छ। बोलीलाई नियन्त्रण गर्न सके ठुलो संकट टर्नेछ। शिक्षाको लगानीबाट सन्तोष प्राप्त हुनेछ। अप्ठेरो अवस्थामा परिवारको साथ मिल्नेछ।

तुला : आम्दानीका स्रोत सबल छन्। समाजमा बौद्धिक टकराब हुनसक्छ। थोरै तर अर्थपूर्ण बोल्नु राम्रो हुनेछ। लगानीका क्षेत्रमध्ये प्राविधिक शिक्षामा प्रगति हुनेछ। शिक्षाको क्षेत्रमा तपाईंको चर्चा हुनेछ। हल्ला गर्ने साथीसँग सचेत बन्नु राम्रो होला। परिवारको भने सहयोग निरन्तर मिल्नेछ।

वृश्चिक : ठुलाठुला कामको सुरुवात गर्नु राम्रो हुनेछ। सामाजमा मान र सम्मान मिल्नेछ। आफूभन्दा ठुलाको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ। समाजका अगुवाको सल्लाह लिएर हिँड्दा फाइदा होला। परिवारसँगको भेटघाट रमाइलो बन्ने योग छ।

धनु : साना कुरामा अलमल नगर्नु राम्रो हुनेछ। आज तपाईंको ठुलो काम बन्ने योग छ। राज्यको सेवामा भए तपाईंको बढुवा हुनेछ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा होला। परिवारको साथमा दिन सहजै बित्नेछ।

मकर : तपाईंको कार्यशैलीमाथि नकारात्मक टिप्पणी हुनेछ। विपक्षी समूह संगठित भएकाले व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ। सञ्चित धन खर्च हुनेछ। लगानीका क्षेत्रमध्ये प्राविधिक शिक्षामा सफलता मिल्नेछ। परिवारमा एक अर्काको कुरा नबुझ्दा खटपटी बढ्नेछ।

कुम्भ : बौद्धिक साथी तपाईंको विपक्षमा हुनेछन्। सानोसाने लगानीबाट फाइदा हुनेछ। परिवारमा मेलमिलाप हुनेछ। राज्यको तर्फबाट मान र सम्मान मिल्ने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : महत्त्तवपूर्ण कामको सुरुवात हुनेछ। प्राविधिक क्षेत्रमा बढी नै झुकाव रहँदा धार्मिक विषय छायामा पर्नेछन्। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्दा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...