Sacho TV

बिर्तामोड नगरपालिकाद्वारा उत्कृष्ट शिक्षक पुरस्कृत

 

बिर्तामोड, २ असोज : बिर्तामोड नगरपालिकाले उत्कृष्ट शिक्षकलाई पुरस्कृत गरेको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यतामा आज नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा माध्यमिक, निम्नमाध्यमिक र प्राथमिक तहका एक एक जना गरि ३ जना शिक्षकलाई राष्ट्रिय शिक्षा दिवस तथा बाल दिवस २०८१को अवसरमा पुरस्कृत गरिएको हो ।

पुरस्कृत हुने उत्कृष्ट शिक्षकहरुमा माध्यमिक तहबाट महेन्द्ररत्न माध्यमिक विद्यालयका शिक्षक तुलसीराम खरेल, निम्न माध्यमिक तहबाट विरअमरसिंह माध्यमिक विद्यालयका शिक्षक हेमकुमार उप्रेती र प्राथमिक तहबाट जनता प्राथमिक विद्यालयका शिक्षक लक्ष्मीप्रसाद गौतम रहनु भएको छ ।
आवेदन परेका विभिन्न १७ वटा निवेदनमाथि २० वटा सूचकको आधारमा उत्कृष्ट शिक्षक छनोट गरिएको समितिका संयोजक पूर्व उपसचिब युवराज पाण्डेले जानकारी दिनुभयो । ३ सदस्यीय छनोट समितिमा पाण्डेसहित डम्बर बस्नेत र दिनेश आचार्य रहनु भएको थियो ।
संयोजक पाण्डेका अनुसार एक सय पुर्णाङ्कमा खरेल र उप्रेतीले ६८ प्रतिशत र गौतमले ६१.५ प्रतिशत नम्बर प्राप्त गर्नु भएको थियो । शिक्षकहरुलाई नगर प्रमुख पवित्रा महतारा प्रसाई र उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले जनहि नगद ५० हजार रुपैयाँ र सम्मानपत्र प्रदान गर्नु भयो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले
शिक्षकको मनोवल उच्च बनाउनका लागि यो पुरस्कार तथा सम्मानको व्यवस्था गरिएको बताउनु भयो । उहाँले आगामी वर्षहरुमा पनि कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो । यस्तै नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले पुरानो पाठ्यक्रम परिवर्तन गर्नु पर्ने भन्दै जीवनउपयोगी र प्राविधिक शिक्षा आजको आवश्यकता रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, कार्यपालिका सदस्य, विभिन्न शिक्षक संगठनका प्रतिनिधि तथा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...