सर्लाही । सर्लाहीको हरिवनमा छ दिनदेखि बेपत्ता एक पुरुषको हत्या गरेर गाडेको अवस्थामा शव फेला परेको छ । हरिवन नगरपालिका–१० निवासी ३९ वर्षीय हरिप्रसाद प्रसाईंको हत्या गरी उखुबारीमा गाडेको अवस्थामा आज शव फेला परेको प्रहरीले जनाएको छ । उखुबारीमा गाडेको अवस्थामा फेला परेको शवको टाउकोमा चोट देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । मृतक प्रसाईं गत पुस १५ गतेदेखि बेपत्ता भएका थिए । पुस १५ गते बिहान बरहथवा पैसा लिन जान्छु भनेर हिँडेका प्रसाईं साँझ अबेरसम्म पनि नफर्किएपछि परिवारले खोजी गरेका थिए । कतै फेला नपरेपछि पुस १६ गते बिहान इलाका प्रहरी कार्यालय…
बिर्तामोड पुस ११।। मोरङको जहदा गाउँपालिकामा सामुहिक बलात्कारको घटनामा संग्लग्न भएको आरोपमा नेपाल प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । मोरङको जहदा गाउँपालिकाकी अर्धचेत अवस्थामा फेला परेकी २२ वर्षीया महिलाको बलात्कार भएको खुलासा भएको छ । सांकेतिक नाम (०८१ बिराटनगर ६३) दुबै हात खुट्टा कपडाले बाँधेको र मुखमा समेत कपडा कोची अर्धचेत अवस्थामा रहेको भनि स्थानीयबाट खबर प्राप्त हुने बित्तकै जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोली जाँदा उक्त स्थानमा निज अर्ध बेहोस अवस्थामा प्रहरी उद्धार गरी बिराटनगरस्थित कोशी अस्पताल लागेको थियो । सोहि घटना संग्लन भएको आरोपमा कटहरी गाउँपालिका–२ का १९ वर्षीय मोहम्मद रमजान सोही स्थानका १९ वर्षीय सोनुकुमार…
बिर्तामोड मंसिर २४ ।। आफ्नै घरमा काम गर्न राखिएकी १७ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बिर्तामोड नगरपालिकाका पूर्व मेयर ध्रुवकुमार शिवाकोटी पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका – ५ स्थित आफ्नै घरमा घरेलु कामदार राखेर पटकपटक करणी गरेको आरोप शिवाकोटीमाथि लागेको छ । बालिकाको जाहेरीपछि प्रहरीले आज शिवाकोटीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दका अनुसार पक्राउ परेका शिवाकोटीमाथि अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार पीडित किशोरीका बुबा छैनन । आमा भारतमा छन् । आमाले पनि दोस्रो विवाह गरेपछि शिवाकोटीले घरको काम गर्ने र पढाउने भन्दै आफ्नो घरमा ल्याएका थिए । उनी प्राविधिक…
झापा मंसिर । झापाको झापा गाउँपालिका-६ पुष्पाञ्जली टोलमा र्वर्ष ८३ की वृद्धा फुलमाया मुर्मुको हत्या गरी फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा गाउँपालिका-७ का २८ बर्षीय अजय यादव र २४ बर्षीय अशोक यादव रहेको प्रहरीले जनाएको छ । मंसिर २२ गते दिउँसो करिब ४:३० बजे फुलमाया मुर्मु आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन्। प्रहरीका अनुसार उनको टाउको र चिउडोमा फरुवा र कलको हेनडलले प्रहार गरी हत्या गरिएको थियो। घटनास्थलमा कर्तव्य गरी मार्न प्रयोग भएका कलको ह्याण्डिल र फरुवा बरामद गरिएको छ। मोबाइल चोर्ने उद्देश्यले वृद्धाको हत्या गरिएको प्रहरीले जनाएको छ। वृद्धाको हत्यापछि चोरी…
कैलाली : कैलालीको भजनि नगरपालिका– ५ स्थित कौवाखेडा सीमाबाट एक करोड रुपियाँभन्दा बढीको सुनचाँदी, नगद र अन्य सामानसहित सशस्त्र प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। सुर्खेतको चौकुनी गाउँपालिका– १० बस्ने ३६ वर्षीय महेन्द्रबहादुर शाही, सोही जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१ बस्ने ३१ वर्षीय हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका– ११ बस्ने ३२ वर्षीय महेश सुनारलाई सशस्त्र प्रहरीले शनिबार नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई शङ्का लागि चेकजाँच गर्दा ८० लाख ७९ हजार पाँच सय ६१ रुपियाँ बराबरको ६ सय २० ग्राम सुन, १५ लाख २८ हजार चार सय ६० रुपियाँ बराबरको आठ किलो ९ सय…
विराटनगर । नक्कली सुन देखाई नगद तथा गरगहना ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेशका विभिन्न जिल्लाका अस्पताल, मेला, हटिया तथा भीडमा सुटबुटमा सजिएर अपरिचितलाई समेत आफन्त बनाएर ठगीधन्दा चलाउने नेपाल र भारतका छ जना पक्राउ परेका हुन् । पक्राउ परेकाहरुलाई सोमबार मोरङ प्रहरीले नियन्त्रणमा लिएर सार्वजानिक गरेको छ । मोरङका प्रहरी उपरीक्षक नारायण चिमरियाका अनुसार गत कार्तिक २७ गते यो गिरोहले संखुवासभा पाचखपन गाउँपालिका–५ खपनटोल निवासी ५६ वर्षीय कृष्णबहादुर तामाङको एकलाख १० हजार नगद आफन्त भएरै चोरी गरेका थिए । विराट टिचिङ अस्पताल बुढीगंगामा श्रीमतीलाई उपचार गराउन आउनु भएका तामाङसँग आफन्त भएको नाता लगाएर उनीहरुले…
झापा। मंसिर ११ ।। झापाको कनकाई नगर पालिकमा गौहत्या भएको छ । कन्काई नगरपालिका ३ टप्पुबस्ती पूर्वमा आज गाई काटिएको अवस्थामा फेला परेको छ । लीला संग्रौलाको घरमा डेरा लिएर बसेका मुस्लिम थरका व्यक्तिले आफू बसेको कोठामा लगेर गाई काटेको अवस्थामा फेला पारिएको हो । उनले हरिकुल स्कुलनजिकबाट दुहुनु गाई चोरेर लगेको बुझीएको छ । गाई काट्ने व्यक्ति फरार रहेका छन् । घटनास्थलमा प्रहरी टोली पुगेर छानबिन गरिरहेको जनाइएको छ । केही महिनाअघि दमकमा पनि गाई काटिएको अवस्थामा फेला परेको थियो ।
बिर्तामोड मंसिर ०२।। झापाको बाह्रदशी ५ फुलबारीमा शनिवार साँझ पुरानो रिसिवीका कारण विवादमा रड प्रहार हुँदा एकको मृत्यु भएको छ । बाह्रदशी ५ बस्ने २६ वर्षीय मान कुमार राजवंशीले पुरानो रिसिवीका कारण सोही वडाका ४५ वर्षीय गंगा लाल माझीलाई फलामको रडले टाउकोमा प्रहार गरेका थिए । रड प्रहारबाट घाइते माझीको उपचारको लागि बिर्तामोडस्थित बिएण्डसीमा अस्पताल पु¥याउन साथ चिकित्सकले चेकजाच गर्दा मृत्यु भइसकेको घोषणा गरेका थिए । रड प्रहार गर्ने मान कुमार राजवंशीलाई फलामको रडसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको झापा प्रहरीले जनाएको छ ।
अर्जुनधारा असोज २८।। अर्जुनधारमा श्रीमतीको हत्या गरेर फरार भएका व्यक्ति जङ्गलमा लुकिरहेको अवस्थामा पक्राउ परेका छन् । घटना पश्चात फरार भएका उनी स्थानीय जुकेखाडी जङ्गलमा लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन् झापाको अर्जुनधारा–३ दार्जिलिङ डाँडाका ४६ बर्षीय बीरबहादुर चौहानलाई प्रहरीले आज बेलुकी करीब ५ बजे जुकेखाँडी जङ्गलमा लुकिछिपी हिंरिहेका बेला पक्राउ गरेको हो । चौहानले श्रीमती ३७ बर्षीया मुना चौहानलाई सोही ठाउँका भरत कुमालको आँगनमा दिउँसो करीब ३ बजे धारिलो हतियार प्रहार गरेर हत्या गरेका जिल्ला प्रहरी कार्यालय झापाका प्रबक्ता डीएसपी कृष्ण चन्दले जानकारी दिए।
बिर्तामोड ।। झापा बाह्रदशी- ७ की मुना मेचे (राजवंशी) संगको अनैतिक सम्बन्धका कारण राजेश ठाकुरको हत्या भएको अनुसन्धानबाट खुलेको छ। श्रीमान् अभय राजवंशी वैदेशिक रोजगारीका लागि साउदी अरब गएपछि मुना पाँच वर्षका सन्तानसहित घरमा एक्लै बस्दै आएकी थिइन्। मध्यराति राजेश मुनाको घर गएपछि सो घटना भएको प्रहरीको अनुसन्धाबाट खुलेको छ। राजेश गत जेठ १५ गते राति करिव ११.३० बजे मुनाको घरमा गएका थिए। बाह्रदशी ५ फूलवारी घर भएका राजेश करिव ३ किलोमिटर उत्तर मध्यरातमा सिमलवारीस्थित मुनाकहाँ गएको खुलेको हो। यसअघि सम्बन्ध बनेर बिग्रिसकेको अवस्थामा राजेश मुनाको घरमा गएपछि उनले आफ्ना देवर गणेश राजवंशीलाई आफ्नो घरमा चोर पसेको भन्दै खबर…