बिर्तामोड । बिर्तामोडमा रहेर आफ्नो छुट्टै पहिचान बनाउन सफल लिङ्कन मन्टेश्वरी स्कुलमा निस्शुल्क दन्त परिक्षण शिविर सम्पन्न भएको छ । बिर्तामोड आँखा अस्पतालको व्यवस्थापनमा सञ्चालित रहेको नेशनल एडभान्स डेन्टलको प्राविधिक सहयोगमा शुक्रबार शिविर सम्पन्न भएको हो । उक्त शिविरमा विद्यार्थी र अभिभावक गरेर ८० जनाको दन्त परिक्षण गरिएको बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष दिनेश ओझाले जानकारी दिए । विद्यालयले प्रत्येक वर्ष बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै शिविर सञ्चालन गर्दै आएकोमा यस वर्ष भने दाँतको परिक्षण गरिएको स्कुलका सञ्चालक सरौज पौडेलले बताए ।
झापा पौष २० ।। विगतका बर्सहरू झैँ यस वर्ष पनि आठौँ संस्करणको राष्ट्रिय भाक्का दिवस २०८१ु मनाउने भव्य तयारी सुरु भएको छ । हरेक वर्ष पौष २९ गते राजवंशी, ताजपुरिया , गनगाई , माझी लगायतका समुदायले भव्य रुपमा भाक्का दिवस मनाउने गरेका छन् । वि.सं. २०७४ साल देखि कोचिला गाभुर फ्रन्ट नामक सामाजिक संस्थाले तराईका आदिवासी राजवंशी, ताजपुरिया ,ठाकुर , गनगाई ,माझी आदि समुदायको संस्कार ,संस्कृति तथा मौलिक परिकारहरूको संवर्द्धन गर्दै देशको सांस्कृतिक विविधतालाई विश्वमा नै उदाहरणीय बनाउने उद्देश्यले हरेक वर्ष पौष २९ गते भाक्का दिवस मनाउने निर्णय गरेको हो । र त्यति बेला देखि नै झापा, मोरङ, सुनसरी…
भोटेटार पुस १८ ।। बुद्धशान्तिमा जारी दोस्रो बुद्धशान्ति वडास्तरीय फुटबल प्रतियोगिताको उपाधिको लागि बुद्धशान्ति वडा नम्बर १ र ३ भिडने भएका छन् । आज भएको दोस्रो सेमिफाइनलमा वडा नम्बर २ लाई शुन्यका बिरुद्ध १ गोल गर्दै वडा नम्बर ३ ले फाइनलको यात्रा तय गरेको हो। फाइनल प्रबेश गरे सङ्गै वडा नम्बर ३ ले डिफेन्डिङ च्याम्पियन वडा नम्बर १ सङ्ग उपाधिका लागि भिडन्त तय गरेको छ । फाइनल प्रबेश का लागि बुद्धशान्ति ३ सिदार्थ लिम्बुले पहिलो हाफमा गरेको गोल नै निर्णायक बनेको थियो । लिम्बू म्यान अफ थ म्याच हुँदै पुरष्कृत भएको आयोजक समितिका अध्यक्ष बाल कुमार राईले जानकारी दिनुभयो ।…
बिर्तामोड पुस १८ ।। बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०८१ आयोजना हुने भएको छ । आज सङ्घको कार्यालयमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै सो कुरा बताएको हो। बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सव माघ ८ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने महोत्सवका संयोजक विशाल थापाले जानकारी दिए । व्यवसाय क्षेत्रलाई उठाउदै अर्थतन्त्र चलायमान बनाउँदै व्यापार व्यवसायलाई प्रवर्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको अध्यक्ष राजु न्यौपानेले जानकारी दिए । महोत्सवले सानादेखि ठुला व्यवसायी र आम उपभोक्तालाई एउटै थलोमा जुटाउने अवसरका रुपमा लिइएको न्यौपानेले बताए । महोत्सवमा नेपालसहित भारत, बंगशादेश र पाकिस्तानका लगानीकर्ता, उत्पादक, वितरक,…
भोटेटार , पौष १७ । पहिलो संस्करणको उपाधी बिजेता बुद्धशान्ति वडा नम्बर १ झापाको बुद्धशान्तिमा जारी दोस्रो बुद्धशान्ति वडास्तरीय फुटबल प्रतियोगिताको फेरि उपाधी नजिक पुगेको छ । आज भएको पहिलो सेमिफाइनलमा बुद्धशान्ति वडा नम्बर ६ लाई शुन्यका बिरुद्ध ५ गोल गर्दै वडा नम्बर १ उपाधी नजिक पुगेको आयोजक समितिका अध्यक्ष बाल कुमार राईले जानकारी दिनुभयो । बुद्धशान्ति १ का लागि जेनित बरालले २, कप्तान पुजन थापा, सागर रसाईलि र भुपाल मगरले एक एक गोल गरेका थिए । दुई गोलकर्ता जेनित बराल म्यान अफ द म्याच घोषित भए । उनलाई बुद्धशान्ति खेलकुद समिती संयोजक तथा वडा नम्बर ३ का वडाध्यक्ष पर्शुराम…
झापा पुस १७ ।। झापाको कचनकवल गाउँपलिका ७ तारावनास्थित दिपज्योति सामुदायिक वनमा दाउरा खोज्न जाँदा हात्तीको आक्रमणमा परि घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ। आज मध्यान्ह कचनकवल गाउँपलिका ७ दिपज्योति सामुदायिक वनमा घाँस दाउरा काट्न गएका स्थानीय महिला हरुलाई हात्तीले लखेटेको थियो । सोही क्रममा बर्ष ३५ की केलाबत्ती राजवंशी हराएको भनी स्थानीयले इलाका प्रहरी कार्यालय बनियानीमा जानकारी गराउनासाथ प्रहरी टोली खटिएर खोजतलास गर्ने क्रममा वनक्षेत्र नजिकै जंगली हात्तीले आक्रमण गरी घाइते अवस्थामा राजवंशी फेला परेकी थिइन् । उनलाई साँझ ४ः४० बजे फेला पारी उपचारको लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुर ल्याई थप उपचारको लागि प्रादेशिक अस्पताल…
काठमाडौँ पुस १७ ।। गत पुस ११ गते नेकपा एमालेबाट निकालिएका नेता डा. भीमबहादुर रावलले नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माणको घोषणा गरेका छन् । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत् उनले यस्तो घोषणा गरेका हुन् । ‘…यस्ता मान्यताहरूको आधारमा देश र जनतासँग सम्बन्धित समग्र विचार, कार्यक्रम र नीति तय गर्दै, देश र प्रवासमा अभियान सञ्चालन गर्दै, देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण अपरिहार्य बनेको छ’, उनले पत्रकार सम्मेलनमा भने, ‘यसैतर्फ हाम्रा पाइला र प्रयासहरू अगाडि बढ्ने छन् । हाम्रा यी पाइला र प्रयासहरू अगाडि बढ्ने सन्दर्भमा विभिन्न संगठित रुपमा रहनुभएकासँग सहकार्य हुन सक्छ ।’ उनले सम्बोधनका क्रममा बीपी कांग्रेस, पूर्व देशभक्त…
महोत्तरी पुस १७ । परिक्षा विग्रिएको भन्दै तीन किशोरीले एकै साथ विष सेवन गर्दा एक जनाको मृत्यु भएको छ। महोत्तरीको बर्दिबास नगरपालिका–११ स्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयमा अध्ययनरत ३ किशोरीले परीक्षा बिग्रिएको भन्दै विष सेवन गरेका थिए। विष सेवन गरेमध्ये मध्ये एक जनाको मृत्यु भएको छ। विष सेवन गरेकि सिरहाको धनगढीमाई नगरपालिका–१० की १७ वर्षीय छात्रा रिंकु शर्माको मृत्यु भएको हो। अचेत अवस्थामा उद्धार गरी उपचारका लागि बर्दिबास अस्पताल पुर्याउँदा उनको मृत्यु भएको हो। रिंकुसहित उषा पण्डित र सन्जु यादवलाई मंगलबार करिव पौने १२ बजे बर्दिबास नगरपालिका–४ स्थित जंगल क्षेत्रबाट अचेत अवस्थामा उद्धार गरिएको थियो। तीन जना मध्ये उषा…
झापा पुस १५ ।। गुरुङ समुदायले बनाउने तमु ल्होसार आज विविध कार्यक्रम गरी मनाइँदैछ। नयाँ वर्षलाई स्वागत गर्दै आज’ तमु ल्होसार’ मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती छ । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । यस अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेको छ । यस्तै, देशका अधिकांश स्थानमा पुसे १५ मनाउने प्रचलन समेत छ । सुदूर तथा कर्णालीका अधिकांश भेगमा यसदिन गाउँखाने कथा भन्दै रातभर जाग्राम बस्ने प्रचलन छ ।
बिर्तामोड, १५ पुस : बिर्तामोड नगरपालिकाले गाई, भैंसीमा लाग्ने सरुवा रोग खोरेत विरुद्दको भ्याक्सिन लगाउने कार्यलाई तिब्रता दिएको छ । यस रोगबाट कृषकलाइ कुनैपनि प्रकारको क्षति नहोस् भन्ने उदेश्यले नगरपालिकाले सबै वडामा पुगेर निशुल्क रुपमा भ्याक्सिन लगाउने कार्य गरिरहेको पशुपंछि तथा मत्स्य विकास शाखा प्रमुख डाक्टर नगेन्द्र खड्काले जानकारी दिनु भयो । वडा नम्बर ६ र ७ मा सम्पन्न गरेर अहिले वडा नम्बर ९मा सञ्चालन भईरहेको जनाईएको छ । शाखा प्रमुख डा. खड्काका अनुसार वडा नम्बर ६ मा ८५०, वडा नम्बर ७ मा २ हजार १२० र वडा नम्बर ९ मा आईतबार सम्ममा १ हजार ६० भ्याक्सिन लगाइएको छ…