काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा नसर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले परीक्षा नसार्ने निर्णय गरेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षमा महाश्रम शर्माले परीक्षाका लागि तयारी भइसकेकाले तोकिएकै मितिमा परीक्षा गर्ने निर्णय गरिएको बताए । ‘केन्द्र तोकिएको छ । सबै विद्यालयबाट समयमै परीक्षा होस भन्ने आएको छ । सबै जिल्लाका परीक्षा समन्वय समितिलाई जहाँजहाँ केन्द्र तोकिएको छ । त्यहाँ परीक्षा सञ्चालन गर्ने सन्दर्भमा आवश्यक तयारी गर्न अनुरोध गर्ने निर्णय भएको छ’ उनले भने । योसँगै परीक्षा वैशाख ११ मा सुरु भई २४ गते सकिनेछ।
धादिङ -जिल्ला खेलकुद विकास समिति धादिङको आयोजनामा १४औं राष्ट्रपति रनिङ शिल्ड जिल्ला स्तरीय प्रतियोगिता यही बैशाख ११ गतेदेखि १३ गतेसम्म आयोजना हुने भएको छ। समितिका अध्यक्ष प्रताप सिंह तामाङका अनुसार जिल्लाका सबै स्थानीय तहले लाखौं रुपैयाँ खर्च गरेर आफ्ना प्रतिनिधि खेलाडीहरू चयन गरिसकेका छन्। यसअघि प्रतियोगिता नहुने आशंका गरिए पनि अब प्रतियोगिता हुने पक्का भएपछि खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरू उत्साहित भएका छन्। गत वर्ष सम्पन्न १३ औं संस्करणमा नीलकण्ठ नगरपालिकाले विजयी हुँदै उपाधि जितेको थियो। यसपटक पनि नीलकण्ठ नगरपालिका तेस्रोपटक उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ। उता, गत वर्षको उपविजेता थाक्रे गाउँपालिका यसपटक विजेता बन्ने मनोवृत्तिका साथ प्रतिस्पर्धा गर्ने तयारीमा…
धादिङ -पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरबाट त्रिशुली किनारमा मोटरसाइकल खस्दा एक जनाएको ज्यान गएको छ । बागमती प्रदेश ०२–०२४ प ४०५४ नम्बरको मोटरसाइकल कृष्णभीरबाट त्रिशुली किनारमा खस्दा सिन्धुलीको तिनपाटन गाउँपालिका– ९ का २६ वर्षिय मिन बहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए । प्रहरी नायव उपरीक्षक हमालका अुनसार मोटरसाइकल सडकबाट करिव तीन सय मिटर तल खसेको थियो । मृतक तामाङको शवसहित दुर्घटनाग्रत मोटरसाइकल त्रिशुली किनार नजिकै झाडीमा भेटिएको उनले बताए ।
धादिङ जिल्ला खेलकुद विकास समिति धादिङको आयोजनामा १४औं राष्ट्रपति रनिङ शिल्ड जिल्ला स्तरीय प्रतियोगिता यही बैशाख ११ गतेदेखि १३ गतेसम्म आयोजना हुने भएको छ। समितिका अध्यक्ष प्रताप सिंह तामाङका अनुसार जिल्लाका सबै स्थानीय तहले लाखौं रुपैयाँ खर्च गरेर आफ्ना प्रतिनिधि खेलाडीहरू चयन गरिसकेका छन्। यसअघि प्रतियोगिता नहुने आशंका गरिए पनि अब प्रतियोगिता हुने पक्का भएपछि खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरू उत्साहित भएका छन्। गत वर्ष सम्पन्न १३ औं संस्करणमा नीलकण्ठ नगरपालिकाले विजयी हुँदै उपाधि जितेको थियो। यसपटक पनि नीलकण्ठ नगरपालिका तेस्रोपटक उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ। उता, गत वर्षको उपविजेता थाक्रे गाउँपालिका यसपटक विजेता बन्ने मनोवृत्तिका साथ प्रतिस्पर्धा गर्ने तयारीमा…
धादिङ-धादिङको गजुरी गाउँपालिका–४ गैरीगाउँमा रहेको पिण्डेश्वरी माध्यामिक विद्यालयमा प्लस टु सञ्चालन गर्ने उद्देश्यले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु गरिएको छ । ‘श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञमा सहभागी बनौं, विद्यालय सुधार तथा शैक्षिक उन्नयनका लागि दान गरी पुन्य कमाऔं’ भन्ने मुल मर्म साथमा महायज्ञको सुरुवात गरिएको छ । विद्यालयको कक्षा ११ र १२ सञ्चालनार्थ आर्थिक सहयोग संकलन गर्ने उदेश्यले महायज्ञको आयोजना गरिएको हो । महायज्ञको उद्घाटन समारोहको सम्बोधन गर्दै बागमती प्रदेशका पूर्व मुख्यमन्त्री शालिकराम जम्कटेलले विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धि तथा सुधारका लागि महायज्ञले महत्वपूर्ण भूमिका खेल्ने बताए । त्यस्तै, गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ, उपाध्यक्ष शर्मिला बिसुराल र वडा नम्बर ४ का…
धादिङ- पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–१ एक्लेफाँटमा भारतिय आइचरमा बोलेरो ठोक्किदा एक जनाको ज्यान गएको छ । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ३–०१–०२३ च ६५८ नम्बरको बोलेरो ग्एघद्दत्ल्द्धज्ञढड नम्बरको ईण्डियन आईचर गाडीमा ठोक्किदा बोलेरोमा सवार ललितपुरको बागमती गाउँपालिका–१ का ३४ वर्षीय थुल बाबु थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए । प्रहरी नायव उपरीक्षक हमालका अनुसार दुर्घटनामा परि घाइते भएका थिङको काठमाडौंको ट्रमा सेन्टरमा उपचारका क्रममा उनको ज्यान गएको हो । उनको टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको थियो । उनको उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टरमा मृत्यु भएको हो ।…
धादिङ- धादिङको गजुरीमा रहेको आदर्श बहुमुखी क्याम्पसमा पुस्तकालय भवनको शिलन्यास गरिएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवं पूर्व स्थानीय विकास मन्त्री राजेन्द्र प्रसाद पाण्डेले भवनको शिलन्यास गरेका हुन् । पुस्तकालय भवन निर्माण पश्चात क्याम्पसमा अध्ययनरत विद्यार्थी लक्षित मात्र नभई समुदायको पहुँचमा रहने गरी पुस्तकालय निर्माण गर्ने अभिष्ट रहेको पाण्डेले बताए । अहिलेको समयमा पछिल्लो पुस्तामा पठन संस्कृतिप्रति देखिएको विकर्षणका कारण आधुनिक पुस्तकालय निर्माण गरी खोज तथा अनुसन्धानको केन्द्र बनाउने र खोजमुलक पठन संस्कृतिप्रति समुदायलाई पनि सुसुचित गराउने ध्येयले यस पुस्तकालय भवन निर्माण गरिएको पनि उनले बताए । सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धादिङको आर्थिक सहयोगमा निर्माण…
धादिङ- वैशाख १ त्रिमुर्ती मोबाईल हाउसको उपहार धमाकाको स्कुटर उपहार सजिना खड्काले जितेकी छिन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-७ खहरेकी सजिना खड्काले लक्की ड्र मार्फत टिभिएस एन्ट्रोक स्कुटर जितेकी हुन्। धादिङको जिल्ला सदरमुकाम धादिङबेसी मिलनटोलमा रहेको त्रिमुर्ती मोबाईल हाउसले २०८१ सालमा मोबाईल खरिद गर्ने ग्राहकहरु मध्येबाट एक जनालाई लक्की ड्र मार्फत स्कुटर प्रदान गरेको हो । मोबाईल किन्दा स्कुटर जित्दा खुसी लागेको स्कुटर विजेता सजिना बताउँछिन् । `एसइई दिएर बसेको थिएँ । अफरमै २०८१ साल चैत १८ गते त्रिमुर्ती मोबाईल हाउसमा मोबाईल किनेँ । अहिले स्कुटर जितेँ खुसी छुँ´ उनले भनिन्- `एउटा मोबाईल किन्दा स्कुटर जितेँ, यो वर्ष मैले जितेँ ।…
धादिङ चैत ३० धादिङबेशी मालेमगरका गणेश श्रेष्ठले लक्की ड्रक मार्फत स्कुटर हात पार्नुभएको छ । मोबाइल तथा ईलेक्ट्रोनिक्स व्यवसायी संघले आयोजना गरेको उपहार कार्यक्रम अन्तरत गणेश श्रेष्ठले स्कुटर हात पार्नुभएको हो । श्रेष्ठले मोबाइलको टेम्पर ग्लास किनेर उपहार योजनाको कुपन प्राप्त गर्नुभएको थियो । धादिङ उद्योग वाणिज्य संघको सभाहलमा आज एक कार्यक्रम गरि श्रेष्ठलाई २ लाख ५३ हजार ९ सय बराबरको हिरो जुम(ज्भचय श्ययm) को स्कुटर हस्तान्तरण गरिएको हो । मोबाइल तथा ईलेक्ट्रोनिक्स व्यवसायी संघ धादिङमा आवद्ध मोबाइल पसलहरुबाट सामान खरिद गर्नेहरु उपहार योजनामा सहभागि भएका हुन् । उपहार योजना अन्तरगत कविता कुमालले फ्रिज, कविता श्रेष्ठले ५५ ईन्चको स्मार्ट टि.भी,…
धादिङ, चैत २९धादिङ मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघको उपहार वितरण कार्यक्रम यही चैत ३० गते, शनिबार हुने भएको छ। संघमा आबद्ध धादिङबेसीका पसलहरूले रु १०० भन्दा माथिको सामान खरिद गर्ने ग्राहकलाई दशैंदेखि प्रदान गरिएको लक्की ड्र चिट्ठाको उपहार यही शनिबार, चैत ३० गते बिहान १० बजे धादिङबेसीमा रहेको उद्योग वाणिज्य संघको सभाहलमा वितरण गरिने निर्णय भएको संघका अध्यक्ष प्रकाश भट्टले जानकारी दिनुभयो। अध्यक्ष भट्टका अनुसार, "व्यापारीहरूबीच अस्वस्थ प्रतिस्पर्धा हुन थालेकाले त्यस्तो प्रतिस्पर्धा रोक्न, सबै व्यवसायीहरूबीच एकरूपता कायम गर्न र आपसी मनमुटाव हटाई सबैलाई एउटै डोरीमा बाँध्ने उद्देश्यले मोबाइल व्यवसायी संघ गठन गरिएको हो। यो संघले सुरु देखि नै व्यवसायीहरूको…