धादिङ – सिद्धलेक गाउँपालिका–१ मा नेकपा (माओवादी केन्द्र) सिद्धलेक गाउँकमिटीको आयोजनामा सडक सरसफाइसहित श्रमदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमअन्तर्गत स्थानीयबासिन्दा तथा नेताहरूले मुख्य सडकमा जम्मा भएको हिलो, धुलो र फोहर हटाउँदै बाटो सफा गरेका थिए। सडक सरसफाइको क्रममा स्थानीयले एकआपसमा मिलेर बाटो वरिपरि संकलित मैला व्यवस्थापन गरे भने हिलो पन्छाएर यातायात आवागमन सहज हुने वातावरण तयार पारिएको थियो। यस अवसरमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेलज्यू स्वयं स्थानीयसँगै हातमा उपकरण लिएर हिलो सफा गर्दै श्रमदानमा सक्रिय रूपमा सहभागी हुनुभएको थियो। उहाँले सरसफाइलाई निरन्तर अभियानका रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याउँदै “स्वच्छ वातावरण नै स्वस्थ जीवनको…
धादिङ – नेपाल नेत्र ज्योति संघ, धादिङले आफ्नो तेस्रो साधारण सभाको अवसरमा बृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्न लागेको छ। उक्त कार्यक्रम आगामी भदौ २१ गते शनिबार बिहान १० बजेबाट साँझ ५ बजेसम्म धादिङको सिरानबजारस्थित क्रिक रिसोर्ट, नीलकण्ठ–४ मा हुने छ। रक्तदान कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार सेवा केन्द्र धादिङले प्राविधिक सहयोग गर्ने जनाएको छ। “रक्तदान, जीवनदान” नारासहितको यस अभियानमा स्थानीय दाताहरूको सक्रिय सहभागिता रहने अपेक्षा आयोजक नेपाल नेत्र ज्योति संघ, धादिङले गरेको छ।