Sacho TV

नेपाल बुद्धिजीवी परिषद्को अध्यक्षमा गजेन्द्र प्रसाद थपलिया निर्वाचित 

नेपाल बुद्धिजीवी परिषद्को अध्यक्षमा गजेन्द्र प्रसाद थपलिया निर्वाचित 

नेपाल बुद्धिजीवी परिषद्को अध्यक्षमा गजेन्द्र प्रसाद थपलिया निर्वाचित 

धादिङ : नेपाल बुद्धिजीवी परिषद्को अध्यक्षमा गजेन्द्र प्रसाद थपलिया निर्वाचित भएका छन्। परिषदको ११ औ राष्ट्रिय अधिवेशनको हिजो प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीद्वारा उद्घाटन गरेका हुन्। आईतबार भएको निर्वाचनमा धादिङ सिद्धलेक गाउँपालिका परेवाटारका  गजेन्द्र प्रसाद थपलिया अध्यक्षमा निर्वाचित भएका हुन्।थपलियाले १५४ मत पाएर अध्यक्षमा निर्वाचित भए भने उनका प्रतिस्प्रधि  दिपेन्द्र भण्डारीले १०४ मत पाएर पराजित भएका हुन्। अध्यक्षमा निर्वाचित हुने उनै गजेन्द्र थपलिया हुन् जसको योजनामा नेपालमा तुईन विस्थापित भयो।माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, नागढुंगा सुरुङमार्ग, र मध्यपहाडी लोकमार्गजस्ता ठूला पूर्वाधार परियोजनाहरु अगाडि बढे।गजेन्द्र थपलिया नेकपा एमालेको शहरी विकास विभाग सचिव समेत हुन्।
Read More
प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा  धादिङका दुई खेलाडीले पदक जिते

प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा धादिङका दुई खेलाडीले पदक जिते

धादिङ । दोलखाको चरिकोटमा सञ्चालन भइरहेको बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा धादिङका दुई खेलाडीले पहिलो दिनै पदक जित्न सफल भएका छन्। एथलेटिक्स अन्तर्गत १५०० मिटर दौडतर्फ धादिङकी शर्मिला तामाङले उत्कृष्ट प्रदर्शन गर्दै कास्य पदक हात पारिन्। त्यस्तै, सटपुट (गोला फ्याँक) तर्फ सिर्जना श्रेष्ठले रजत पदक जितेकी छन्। प्रतियोगिता आज देखि १९ गतेसम्म चरिकोटमा सञ्चालन भइरहेको छ।
Read More
कारागार कार्यालय धादिङमा एक थुनुवाले गरे आत्महत्या ।

कारागार कार्यालय धादिङमा एक थुनुवाले गरे आत्महत्या ।

 धादिङ : कारागार कार्यालय धादिङमा गएराती एक थुनुवाले झुण्डिएर आत्महत्या गरेका छन् । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ चरौंदीका २० वर्षीय विष्णु सुनारले शौचालयमा झुण्डिएर आत्महत्या गरेको कारागार कार्यालय धादिङका प्रशासक राममणी मिश्रले जानकारी दिए । मिश्रका अनुसार उनी गत ७ गते ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि थुनामा रहेका थिए । सुनार राति १ बजेतिर शौचालय गएका थिए । तर लामो समयसम्म पनि नफर्किएपछि सुरक्षामा रहेकाले शौचालयको झ्यालबाट हेर्दा झुण्डिएको अवस्थामा मृत भेटिएको हो । सुनारले मुडा बुन्न प्रयोग हुने डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएको उनले बताए । ‘दुई हात लामो डोरीले पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएको हो ।…
Read More
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा नयाँ कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन सञ्चालनमा

धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा नयाँ कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन सञ्चालनमा

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा नयाँ कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन सञ्चालनमा आएको छ। मंगलबार एक विशेष कार्यक्रमका बीच संघीय कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले रिबन काटेर भवन उद्घाटन गर्नुभएको हो। उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले कृषकहरूको हितमा स्थापना गरिएको यो सेवा केन्द्रबाट कृषिमा नविनतम प्रविधि र गुणस्तरीय पशुसेवा प्रवाह गर्न सकिने बताउनुभयो। उहाँले कृषकहरूलाई सेवा उपयोग गर्न र कृषि व्यवसायलाई आधुनिकिकरणतर्फ लैजान यस्तो पूर्वाधार महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो। गाउँपालिकाका उपाध्यक्ष देवराज धरेलले करिब ७० प्रतिशत स्थानीय कृषकहरू प्रत्यक्ष कृषि पेशामा संलग्न रहेको जनाउँदै, यस भवनको निर्माणले कृषकहरूलाई धेरै सुविधा दिने विश्वास व्यक्त गर्नुभयो। साथै, भवन बनेपछि…
Read More
चिल्ड्रेनपार्क आवासीय माध्यामिक विद्यालयले शैक्षिक सत्र २०८२ को लागि कप्तान र उपकप्तान चयन

चिल्ड्रेनपार्क आवासीय माध्यामिक विद्यालयले शैक्षिक सत्र २०८२ को लागि कप्तान र उपकप्तान चयन

धादिङ । धादिङको सदरमुकामiमा रहेको चिल्ड्रेनपार्क आवासीय माध्यामिक विद्यालयले शैक्षिक सत्र २०८२ को लागि कप्तान र उपकप्तान चयन गरेको छ । विद्यालयले निर्वाचन प्रक्रिया मार्फत विद्यालको कप्तान र उपकप्तान चयन गरेको हो । विद्यालयको कप्तानमा १ सय ५९ मत सहित सिठी समुह बाट लिडिया तामाङ निर्वाचित हुनुभएको छ भने उपकप्तानमा ६६ मत सहित बाघ समुहका सोहन गुरुङ निर्वाचित हुनुभएको छ । विद्यार्थीहरुको सिकाई क्रियाकलापलाई प्रयोगात्मक अभ्यास मार्फत जानकारी दिने उद्देश्यले  प्रकृया पुरा गरेर शान्तपुर्वक निर्वाचन गरिएको विद्यालयका  प्रधानाध्यापक षष्टि कुमार श्रेष्ठले बताउनुभयो । ५ सय ५३ जना मतदाता रहेको चिल्ड्रेनपार्क आवासिय  माध्यामिक विद्यालयमा ५ सय ३२ जनाले मतदान गरेका थिए…
Read More
ब्रेक फेल भएको बस उपमेयरको घरमा छिर्दा दुई जनाको मृत्यु

ब्रेक फेल भएको बस उपमेयरको घरमा छिर्दा दुई जनाको मृत्यु

काठमाडौं : मकवानपुरको थाहा नगरपालिकामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ३ स्थित गोपाली गाउँमा भएको दुर्घटनामा दुईजनाको ज्यान गएको मकवानपुर प्रहरीले बताएको छ । त्रिभुवन राजपथको गोपाली गाउँबाट थानाबजार तर्फ गैरहेको बा-३ ख ५९९० नम्बरको बस ब्रेक फेल भएर थाहा नगरपालिकाको उपमेयर भरत गोपालीको घरभित्र छिर्दा भएको दुर्घटनामा ४० वर्षको कृष्ण बलामी र लोकेन्द्र कुमार ठाकुरको मृत्यु भएको प्रहरीको भनाई छ बसले सडकमा हिडिरहेको एकजना पुरुषलाई ठक्कर दिएर उपमेयरको घरमा छिरेको स्थानीयले बताएका छ्न । दुर्घटनामा रघुनन्द यादव र कमलेश कुमार साहको अवस्था गम्भीर रहेको…
Read More
कक्षा १२ को परिक्षा सकिना साथ प्रशासनमा  राहादानी बनाउने  विद्यार्थीको भिड

कक्षा १२ को परिक्षा सकिना साथ प्रशासनमा राहादानी बनाउने विद्यार्थीको भिड

कक्षा १२ को परीक्षा सम्पन्न भएपछि जिल्ला प्रशासन कार्यालय धादिङमा नागरिकता , राष्ट्रिय परिचयपत्र र पास्पोर्ट बनाउने सेवाग्राहीको भिड अत्यधिक बढेको छ । विशेषतः विद्यार्थीहरू र विदेश जाने तयारीमा रहेका युवाहरूको चापका कारण कार्यालयमा दैनिक सयौंको संख्यामा सेवाग्राहीहरू उपस्थित भइरहेका छन् ।   सेवाग्राहीको चाप बढेसँगै कार्यालयमा कर्मचारी अभावको समस्या देखिएको छ । दरबन्दीअनुसार पर्याप्त कर्मचारी नहुँदा सेवा प्रवाहमा ढिलाइ भएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद न्यौपानेले बताउनु भयो । कर्मचारी अभावले छिटो सेवा दिन नसक्दा सेवाग्राहीहरूलाई लामो समयसम्म लाइन बस्नुपर्ने बाध्यता रहेको सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपनेले बताउनु भयो । धादिङ जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीहरूको चाप व्यवस्थापन…
Read More
न्यू किबो बोर्डिङ स्कुलमा शैक्षिक सत्र २०८२ को लागि कप्तान र उपकप्तान चयन

न्यू किबो बोर्डिङ स्कुलमा शैक्षिक सत्र २०८२ को लागि कप्तान र उपकप्तान चयन

धादिङको सदरमुकाम धादिङबेसीमा रहेको न्यू किबो बोर्डिङ स्कुलमा शैक्षिक सत्र २०८२ को लागि कप्तान र उपकप्तान चयन गरेको छ । विद्यालयले निर्वाचन प्रक्रिया मार्फत विद्यालको कप्तान र उपकप्तान चयन गरेको हो । विद्यालयको कप्तानमा १ सय ४८ मत सहित अभि भट्ट निर्वाचित हुनुभएको छ । भने उपकप्तानमा १ सय २१ मत सहित जेनिक राना मगर निर्वाचित हुनुभएको छ । विद्यालयमा शुक्रबार भएको मतदानको मतपरिणाम आज सार्वजनिक गरेको हो । कूल ५ सय १६ मतदाता मध्ये ४ सय ८३ मत खसेको थियो । भने खसेको मत मध्ये ४ मत बदर भएको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक अनुप भट्टले बताउनुभयो । निर्वाचनमा हुने…
Read More
लागुऔषध कारोबारमा संलग्न धादिङ त्रिपुरासुन्दरी गाउँपालिकाका विजय आले मगरसहि ४ जना पक्राउ

लागुऔषध कारोबारमा संलग्न धादिङ त्रिपुरासुन्दरी गाउँपालिकाका विजय आले मगरसहि ४ जना पक्राउ

११ जेठ धादिङ  :काठमाडौं महानगरपालिका-१४ बल्खुबाट लागु औषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ घर भएका विजय आले मगर, नुवाकोटको तारकेश्वर गाउँपालिका-४ का २१ वर्षीय सुरेन्द्र अछामी,   सिन्धुलीको गोलन्जोर गाउँपालिका-२ घर भएका २४ वर्षीय होमराज श्रेष्ठ र काभ्रेको धुलिखेल नगरपालिका-२ घर भएका २३ वर्षीय रवीन श्रेष्ठ  छन् । प्रहरी वृत्त कालीमाटीको टोलीले उनीहरुलाई जेठ ८ गते बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताउनुभयो । उनीहरुबाट लागु औषध ट्रामाडोल १ हजार ६७ क्याप्सुल, १९ हजार ५ सय रुपैयाँ र विभिन्न कम्पनीका मोबाइल ६ थान बरामद गरेको एसपी बोहराले…
Read More
मनकामनामा शौचालयमा लडेर ६२ वर्षीय निरज भाइ भनिने मन्नुप्रसाद भट्टको मृत्यु

मनकामनामा शौचालयमा लडेर ६२ वर्षीय निरज भाइ भनिने मन्नुप्रसाद भट्टको मृत्यु

चितवन :चितवनको  इछाकमाना गाउँपालिका  कुरिनटारमा रहेको  केवलकार स्टेशनको शौचालयभित्र लडेर एक जना पर्यटकको मृत्यु भएको छ।  मृत्यु हुनेमा  गुजरात पालनपुर बस्ने ६२ वर्षीय निरज भाइ भनिने मन्नुप्रसाद भट्टको मृत्यु भएको हो। शौचालयमा अचेत अवस्थामा भेटिएका उनलाई उपचारको लागि इच्छाकामना आधारभूत अस्पताल कुरिनटार ल्याइएकोमा मृत्यु भएको हो।मृत्यु के भएर भएको हो भन्ने बिषयमा अनुसन्धान भैरहेको  चितवन प्रहरीले जनाएको छ ।
Read More