धादिङ । अखिल नेपाल खेलकुद महासंघ धादिङ शाखाको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै अध्यक्षमा प्रतापसिंह तामाङलाई जिम्मेवारी दिएको छ। नवगठित समितिमा उपाध्यक्षमा विदुर अर्याल र दीपक तामाङ, सचिवमा ओम लामा, सहसचिवमा पृथ्वी कटुवाल र रोहित श्रेष्ठ निर्वाचित भएका छन्। अधिवेशनमा महासंघका केन्द्रीय महासचिव अञ्जन धमला प्रमुख अतिथि थिए। कार्यक्रममा माओवादी केन्द्र धादिङका इन्चार्ज पुष्पविक्रम मल्ल, पूर्व मुख्यमन्त्री शालिकराम जम्कट्टेल, जिल्ला संयोजक मनराज भण्डारी, तथा महासंघका केन्द्रीय सचिव गोविन्द घिमिरेलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमले स्थानीय स्तरमा खेलकुद गतिविधि विस्तार र युवाहरूलाई खेलतर्फ आकर्षित गर्ने विषयमा पनि छलफल गरिएको छ।
धादिङ :धादिङ जिल्ला सदरमुकाम धादिङबेसी स्थित क्रिक रिसोर्टमा लायन्स क्लब अफ काठमाण्डौं सूर्यमुखीको लायन वर्ष २०२५-२६ को लागि निर्वाचन कार्यक्रममा लायन्स क्लब अफ काठमाण्डौं सूर्यमुखीको अध्यक्षमा विक्रम विश्वकर्मा चयन गर्दै नयाँ कार्य समिति गठन गर्दै सम्पन्न भएको छ । क्लबको संस्थापक अध्यक्ष कविता ईटनीको प्रमुख आतिथ्यता र नेपाल पत्रकार महासङ्घ धादिङ शाखाको अध्यक्ष सिताराम अधिकारीको विशिष्ट आतिथ्यतामा भएको निर्वाचन कार्यक्रमले अध्यक्षमा विक्रम विश्वकर्मा, प्रथम उपाध्यक्षमा राजाराम रिजाल, द्वितीय उपाध्यक्षमा डा.दिनेश रेग्मी, सचिवमा तारा रिजाल, सह सचिवमा मन्दिरा आचार्य, कोषाध्यक्षमा सुदर्शन गोम्जा र १५ जना सदस्य सहित २२ जनाको कार्यसमिति चयन गरेको अध्यक्ष बिक्रम बिस्वकर्माले जानाकारी दिनुभएको छ । कार्यक्रममा क्लबका…
धादिङ : धादिङको सदरमुकाम धादिङबेसीमा रहेको सुनगाभा एकेडेमीले निर्वाचन मार्फत विद्यार्थीहरुको नेतृत्व चयन गरेको छ । विद्यार्थीहरुको सिकाई क्रियाकलापलाई प्रयोगात्मक अभ्यास मार्फत जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको विद्यालयका भाईस प्रिन्सिपल सोबिता श्रेष्ठ बताउनुभयो । विद्यालयको कप्तानमा भएको निर्वाचनमा राजन तामाङ निर्वाचित हुनुभएको छ । विद्यालयको कप्तानमा भएको निर्वाचनमा कक्षा ८ का नवराज सेन्चुरीलाई २८ मतले पछि पार्दै राजन तामाङ निर्वाचित हुनुभएको हो । विद्यालयको कप्तानको लागि भएको निर्वाचनमा कूल १ सय ३४ मत खसेकोमा तामाङले ८१ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिद्धन्द्धी सेन्चुरीले ५३ मत प्राप्त गर्नुभएको थियो । यस्तै विद्यालयको उपकप्तानको लागि भएको निर्र्वाचनमा अमित कुँवरलाई २६ मतको…
धादिङ : धादिङको सदरमुकाम धादिङबेसीमा रहेको सुनगाभा एकेडेमीले निर्वाचन मार्फत विद्यार्थीहरुको नेतृत्व चयन गरेको छ । विद्यार्थीहरुको सिकाई क्रियाकलापलाई प्रयोगात्मक अभ्यास मार्फत जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको विद्यालयका भाईस प्रिन्सिपल राधिका लामिछानेले बताउनुभयो । विद्यालयको कप्तानमा भएको निर्वाचनमा कक्षा ८ का राजन तामाङ र नवराज सेन्चुरी प्रतिस्पर्धमा थिए । नवराज सेन्चुरीलाई २८ मतले पछि पार्दै राजन तामाङ निर्वाचित हुनुभएको हो । विद्यालयको कप्तानको लागि भएको निर्वाचनमा कूल १ सय ३४ मत खसेकोमा तामाङले ८१ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिद्धन्द्धी सेन्चुरीले ५३ मत प्राप्त गर्नुभयो । यस्तै विद्यालयको उपकप्तानको लागि भएको निर्र्वाचनमा अमित कुँवरलाई २६ मतको अन्तरले पछि पार्दै…
धादिङ, धादिङको नीलकण्ठ नगरपालिका–९ निगालपानी मा आफ्नै भतिजले खुकुरी प्रहार गरि घाईते हुन पुगेका ८८ वर्षीय बृद्ध जगनाथ लम्सालको उपचारका क्रममा मृत्यु भएको छ यहि बैशाख २५ गते निगालपानीस्थित चिप्लिेटीका ८८ वर्षीय बृद्ध लम्सालमाथी आफ्नै दाईको छोरा (भतिज) ६० वर्षीय बाबुकाजी लम्सालले खुकुरी हानेर घाईते वनाएका थिए । खुकुरी प्रहारबाट घाइते बृद्धलाई धादिङ अस्पतालमा प्राथमिक उपचारपछि सोही दिन हेलिकप्टर मार्फत काठमाडौंको टिचिङ अस्पताल लगिएको थियो । घाईते बृद्धको उपचारकै क्रममा बिहीबार निधन भएको हो । खुकुरी प्रहार गर्ने व्यक्ति घाइते बृद्धको आफ्नै दाईको छोरा हुन् । यसअघि आफ्नै श्रीमतीको हत्या गरी सात वर्ष कारागार सजाय भोगेर निस्किएका थिए । खुकुरी…
धादिङ : जेठ ७ । राजधानी भित्रिने सडकमार्गको मुख्य नाका नागढुङ्गा-नौबिसे सडकखण्ड दिउँसो साढे ४ घण्टा बन्द गरेर निर्माण कार्य अघि बढाइने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौँ र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा यही जेठ १० गतेदेखि २५ गतेसम्म बिहान १०:३० बजेदेखि दिउँसो ३ बजेसम्म उक्त सडकखण्ड बन्द गरेर काम गर्न लागिएको जानकारी दिए । यसअघि उक्त खण्डमा रातिमा बन्द गरेर काम हुँदै आएको थियो । आयोजनाले नागढुङ्गा-पिपलामोड सडक निर्माणका लागि यसरी सडक बन्द गर्नुपर्ने आवश्यकता रहेको जनाएपछि स्थानीय प्रशासनसँगको समन्वयमा यसरी काम गर्नका लागि अनुमति भएको उहाँले जानकारी दिए । “निर्माण आयोजनाले नागढुङ्गा पिपलामोड सडक…
धादिङ- जिल्लाको सदरमुकाम धादिङबेसीमा रहेको धादिङ अस्पतालमा जिल्लामै पहिलो पटक इन्डोस्कोपी सेवा सुरु गरिएको छ । विशेषज्ञसहितको सेवा विस्तार गर्ने क्रममा इन्डोस्कोपी सेवा सुरु गरिएको हो । काठमाडौं मेडिकल कलेज तथा टिचिङ हस्पिटलका विशेषज्ञ चिकित्सक रोमी दाहालद्धारा सेवा सुरु गरिएको छ । शरीरको भित्री अंगहरू (जस्तै पेट, आन्द्रा, घाँटी, आदि) को जाँच गर्न प्रयोग गरिने एक चिकित्सकीय प्रक्रिया इन्डोस्कोपी सेवा अति आवश्यक रहेकोले सेवा सुरु गरिएको धादिङ अस्पतालका अस्पताल निर्देशक डाक्टर गगन अधिकारीले बताए । ‘एन्डोस्कोपी गर्न एन्डोस्कोप नामक विशेष उपकरण प्रयोग गरिन्छ । एन्डोस्कोप एउटा लामो, पातलो, लचिलो नली हो । जसको अगाडि क्यामेरा र बत्ती जडान गरिएको हुन्छ…
धादिङको नीलकण्ठ नगरपालिकाले लगातार तेस्रो पटक राष्ट्रपति रनिङ शिल्ड जितेको छ। जिल्ला खेलकुद विकास समिति धादिङको आयोजना तथा नीलकण्ठ नगरपालिकाको समन्वयमा सदरमुकाम धादिङबेशीमा सम्पन्न १४ औं धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नीलकण्ठ नगरपालिकाले २२ स्वर्ण, ६ रजत र १० कांस्य पदकसहित कुल ३८ पदक जित्दै उपाधि जितेको हो । नीलकण्ठको यो लगातार तेस्रो जित हो । यसअघि २०७९ को १२ औं राष्ट्रपति रनिङ शिल्ड र १३ औं राष्ट्रपति रनिङ शिल्ड २०८० पनि नीलकण्ठ नगरपालिकाले जितेको थियो । ३ गते शनिबारदेखी सुरु भई ५ गते सोमबार सम्पन्न भएको यस प्रतियोगितामा थाक्रे गाउँपालिकाले दोस्रो स्थान हासिल गरेको छ। थाक्रेले…
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ ससाहमा ७ बर्षिया बालिकालाई ठक्कर दिई फरार भएका मोटरसाईकल चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिद्धलेक गाउँपालिका वडा नम्बर २ का खेमलाल श्रेष्ठ रहेका छन् । श्रेष्ठलाई काठमाण्डौंको बालाजुबाट बा ७७ प ३३९१ नम्बरको मोटरसाईकल सहित पक्राउ गरिएको जिल्ला प्रही कार्यालय धादिङका सूचना अधिकारी एवंम प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिनुभयो । डिएसपी बाईट.... घरबाट स्कुल जाँदै गरेकी ससाह ज्यामिरेकी सात वर्षिय दिपिका वि.क मोटरसाईकलको ठक्करबाट सडकमा लडिरहेको अवस्थामा फेला परेकी हुन् । थिईन । घाइते बालिकालाई धादिङ अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौंस्थित टिचिङ अस्पताल लगिएको छ ।…
धादिङ । नीलकण्ठ नगरपालिका–८, ससाहमा सवारीले ठक्कर दिदा एक बालिका गम्भीर घाइते भएकी छन्। देउराली माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत दिपक बिकको छोरी ७ वर्षीया दिपिका बि.क. ससाहमा बाटो काट्ने क्रममा अज्ञात सवारीले ठक्कर दिँदा गम्भीर घाइते भएकी हुन्। घाइते विकलाई बाटोमा अलपत्र अवस्थामा स्थानीयले फेलापरेपछि तत्काल धादिङ अस्पताल ल्याइएको एक स्थानीयले बताएको छ । घाइते दिपिकाको धादिङ अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँस्थित टिचिङ अस्पताल लगिएको छ। उपचारमा परिवारका सदस्य र धादिङ अस्पतालका चिकित्सक समेत सँगै रहेका छन्। दुर्घटना गराउने सवारी र चालकको खोजी भइरहेको केही संका लागेको सवारीहरुको अनुसन्धान भाइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना…