Sacho TV

पानी परेपछि धादिङवासीलाई राहत

पानी परेपछि धादिङवासीलाई राहत

पानी परेपछि धादिङवासीलाई राहत

धादिङ, धादिङमा आज पानी परेपछि महिनौ दिनसम्मको उखरमाउलो गर्मीबाट यहाँका बासिन्दालाई राहत मिलेको छ । आज दिउसो वर्षा भएपछि मौसम चिसो भई गर्मीबाट राहत मिलेको हो । यस अघिसम्म यहाँ अत्यधिक गर्मी थियो । जिल्लाको दक्षिण क्षेत्रलगायत केही भूभागमा हिजो अस्ति हल्का पानी परे पनि धादिङबेसी र आसपासको विभिन्न क्षेत्रमा पानी परेको थिएन । मनसुनी वर्षा भएपछि गर्मीबाट छुट्कारा पाएको धादिङबेसीका स्थानीय रमेश श्रेष्ठले बताउनुभयो । नेपालमा मनसुन यसवर्ष चाँडै प्रवेश भए पनि यस प्रदेशसम्म पुग्न ढिलो भएको थियो । हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसमविज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति वागमती…
Read More
धादिङको राजमार्ग क्षेत्रमा होटल तथा पसलमा अनुगमन, पाँच होटललाई जरिवाना

धादिङको राजमार्ग क्षेत्रमा होटल तथा पसलमा अनुगमन, पाँच होटललाई जरिवाना

धादिङ । धुनिबेसी नगरपालिका क्षेत्रमा रहेका होटल तथा किराना पसलमा गरिएको बजार अनुगमनमा विभिन्न अनियमितता फेला परेको छ। अनुगमन टोलीले पाँच होटललाई जरिवाना गरेको छ भने म्याद गुज्रेका खाद्य वस्तु नष्ट गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गरिएको अनुगमनमा होटलहरूमा बिना दर्ता व्यवसाय सञ्चालन, म्याद गुज्रेका वस्तु बिक्री, बिल नबनाउने, सरसफाइमा लापरवाही तथा सामानमा बढी मूल्य लिएको पाइएपछि जरिवाना गरिएको हो। अनियमितता भेटिएका होटलहरूमा आँदीखोला होटल, न्यू आँदीखोला होटल, ग्रीन गार्डेन होटल, साथीभाइ खाजाघर एन्ड होटल र फास्ट एन्ड इजी क्याफे रहेका छन्। ती होटलहरूलाई क्रमशः ५० हजारदेखि १० हजार रुपैयाँसम्म जरिवाना गरिएको जानकारी गराइएको छ। अनुगमन टोलीले बजार…
Read More
बेनिघाटरोराङ गाउँपालिकाको अध्यक्षसंग अभिाभावक कार्यक्रम  प्रभावकारी  बन्दै

बेनिघाटरोराङ गाउँपालिकाको अध्यक्षसंग अभिाभावक कार्यक्रम प्रभावकारी बन्दै

धादिङ : बेनिघाटरोराङ गाउँपालिकाले आफ्नो अभियानलाई प्रभावकारी बनाउन परम्परागत भाषणमुखी शैलीलाई परिवर्तन गर्दै संगीत र मनोरञ्जनात्मक कार्यक्रमहरू मार्फत शिक्षा सम्बन्धी सन्देश प्रवाह गरिने नीति अपनाएर धादिङको बेनीघाट रोराङ गाउँपालिकाले विद्यालय शिक्षालाई प्रभावकारी बनाउँन अध्यक्षसंग अभिभावक अभियान संचालन गर्दै अभिभावकलाई जगाउन थालेको छ । विद्यालयका अभिभावकहरुसंग टोलमै र विद्यालय परसरमै पुगेर शिक्षाका सवालमा छलफल गर्ने र अभिभावकहरुलाई विद्यालयमा ध्यान दिन, विद्यार्थीहरुलाई नियमित विद्यालय पठाउन, बालविवाह लगायतका कुरितिका विरुद्ध लाग्न प्रेरित गर्दै अध्यक्षसंग अभिाभावक कार्यक्रम संचालन गरिएको हो । बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर १ मा रहेको बाँसखर्क माविमा यसै सन्दर्भमा एक कार्यक्रमको आयोजना गरिएको छ । गाउँपालिका अध्यक्ष कृष्णबहादुर थापलिया विवेक, गाउँपालिका…
Read More
जलउत्पन्न प्रकोप सम्बन्धी संयुक्त कृतिम घटना अभ्यास कार्यक्रम सफलतापूर्वक सम्पन्न 

जलउत्पन्न प्रकोप सम्बन्धी संयुक्त कृतिम घटना अभ्यास कार्यक्रम सफलतापूर्वक सम्पन्न 

मोटरसाइकलमा खोलाको किनारमा आइपुग्छ। उता दुई बहिनीहरु खोलाको भी्त्तामा उभिएर रुँदै चिच्याइरहेका हुन्छन्। खोलामध्ये डुंगामा चढेका केही मानिस उद्दारका लागि दौडिदै आइरहेका हुन्छन्। उनीहरु झ्याप्पै अर्को भेट हुन्छ मेरो बहिनीलाई के भयो?’ भनेर हल्ला मच्चाउँछन्। रेडक्रसको टोली फटाफट स्ट्रेचर बोक्दै घाइतेलाई प्राथमिक उपचार गरेर एम्बुलेन्सतर्फ लगिरहेको हुन्छन्।हेर्दा साँच्चैको दुर्घटनाझैँ लागे पनि यो केवल कृतिम अभ्यास (सिमुलेसन) मात्र थियो । धादिङको गजुरी गाउँपालिका–५ स्थित त्रिशुलीकिनारको गलौंदीमा जलउत्पन्न प्रकाेप सम्बन्धी संयुक्त कृतिम घटना अभ्यास कार्यक्रम सम्पन्न भएको छ । शसस्त्र प्रहरी बल नेपाल आश्रित धादिङ र नेपाली सेना अन्तर्गत श्री भैरव गण गजुरी ब्यारेकको संयुक्त आयोजनामा भएको सो अभ्यासमा पानी र यसले सिर्जना गर्ने विपदमा गरिने उद्धारकाे अभ्यास गरिएकाे हाे । आज…
Read More
रुबीभ्यालीको शैक्षिक सम्मेलन सम्पन्न, ५८ बुँदे प्रतिबद्धता जारी

रुबीभ्यालीको शैक्षिक सम्मेलन सम्पन्न, ५८ बुँदे प्रतिबद्धता जारी

धादिङ :धादिङको रुबीभ्याली गाउँपालिकाले आयोजना गरेको दुई दिने शैक्षिक सम्मेलन ५८ बुँदे प्रतिबद्धता पत्र जारी गर्दै सम्पन्न भएको छ । शुक्रवार पालिकाको वडा नम्बर ३ स्थित श्री च्याम्रादेवी माविको प्राङ्गणमा सुरु भएको सम्मेलन आज २४ गते शनिवार सम्पन्न भएको हो । ‘सक्षम शिक्षक, स्तरीय शिक्षा, परिष्कृत सरकार,सार्वजनिक शिक्षा, सबलीकरण सहितको शैक्षिक पूर्वाधार, रुबीभ्याली गाउँपालिकाको आधार’ भन्ने मूल नारा सहित रुबीभ्यालीको शैक्षिक सुधार वर्ष–२०८२ वृहत् शैक्षिक सम्मेलनको आयोजना गरिएको हो । सम्मेलनबाट सामुदायिक विद्यालयहरूको शैक्षिक सुधार ल्याउन प्रतिबद्धतासहित घोषणापत्र जारी गरिएको हो । शैक्षिक गुणस्तर सुधारका लागि विद्यार्थी, शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, राजनीतिक दल, जनप्रतिनिधिबिच विचार आदानप्रदान गर्ने उद्देश्यले सम्मेलनको…
Read More
धादिङको रुवीभ्याली गाउँपालिकामा दुई दिने बृहत शैक्षिक सम्मेलन सुरु

धादिङको रुवीभ्याली गाउँपालिकामा दुई दिने बृहत शैक्षिक सम्मेलन सुरु

धादिङ २३ जेठ उत्तरी धादिङको रुवीभ्याली गाउँपालिकामा दुई दिने बृहत शैक्षिक सम्मेलन सुरु भएको  छ । शिक्षा क्षेत्रको गुणस्तरीय सुधारलाई लक्षित   गर्दै  कार्यक्रम  आयोजना गरिएको बृहत ‘शैक्षिक सम्मेलन’ को शुक्रबार गाउँपालिका अध्यक्ष रामसिंह तामाङले उद्धघाटन गर्नुभएको हो ।   सम्मेलनको उद्धघाटन सत्रमा शैक्षिक क्षेत्र उत्थानका लागि के के गर्ने भन्ने विषयमा पालिकाको जनप्रतिनिधि कार्यपालिका सदस्य स्थानीय शिक्षक, अभिभावक, विद्यार्थी, शिक्षा सरोकार निकायका प्रतिनिधि तथा शैक्षिक क्षेत्रका विज्ञहरूको बिचमा बृहत छलफल भएको छ । कार्यक्रममा सम्पुर्ण सरोकार वाला पक्षहरुबाट सुझावको मस्यौदा संकलन गरिएको छ भने उक्त सुझाव माथि सम्मेलनको समापन समारोहमा घोषणा गर्ने गाउँपालिका अध्यक्ष तामाङले बताउनुभयो । सम्मेलनमा शिक्षा…
Read More
जेष्ठ  २२गते देखि २६ गते सम्म गजुरीको गलौदी खेल मैदानामा प्रथम पिण्डेश्वरी कप हुने

जेष्ठ २२गते देखि २६ गते सम्म गजुरीको गलौदी खेल मैदानामा प्रथम पिण्डेश्वरी कप हुने

धादिङको गजुरी गाउँपालिका -५ मा रहेको गलौदीको खेलमैदानमा जेष्ठ २२गते देखि २६ गते सम्म प्रथम पिण्डेश्वरी कप हुने भएको छ । "स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेल्कुद " भन्ने मूल नाराका साथ गलौदी युवा क्लव,च्याङ्ली युवा क्लव र पिण्डेश्वरी युवा क्लवको संयुक्त आयोजनामा प्रथम पिण्डेश्वरी कप Open 7A-Side Knockout Footbal Tounrnament हुन लागेको च्याङ्ली युवा क्लवको अध्यक्ष  तथा कार्यक्रम संयोजक कुमार पण्डितले जनाएको छ । कार्यक्रमको उद्घाटन जेष्ठ २२ गते बिहान८ बजे गजुरी गाउँपालिकाको अध्यक्ष गणेश लाल श्रेष्ठको प्रमुख आतिथ्यमा हुने भएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ४० हजार , द्धितीया हुने टिमले २० हजार नगत तथा उत्कृष्ट हुने…
Read More
मकवापुरमा वाग्मती प्रदेशका कृषि मन्त्री प्रकाश श्रेष्ठद्दारा च्याउ उत्पादन युनिटको शिलान्यास

मकवापुरमा वाग्मती प्रदेशका कृषि मन्त्री प्रकाश श्रेष्ठद्दारा च्याउ उत्पादन युनिटको शिलान्यास

मकवानपुर : ईन्द्रेणी मसरुम फार्म लिमिटेड काठमाडौंले मकवानपुरको मकवानपुरगढी गाउँपालिका -५,   धाडिङ्ग( कालिवन ) मा सामरी युनिट शिलान्यास कार्यक्रम सम्पन्न गरेको छ । वाग्मती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले च्याउ उत्पादन युनिटको शिलान्यास गरेका हुन् । उक्त शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै वाग्मती प्रदेशमा रहेका करिब ६ लाख किसानहरुको सुचिकरण, वर्गीकरण, अभिलेखिकरण अन्तिम चरणमा पुगेको मन्त्री श्रेष्ठले बताए । वाग्मती प्रदेशका ६ वटा स्मार्ट फार्म संचालन गर्न कृषि मन्त्रालयले साझेदारी गर्ने श्रेष्ठले बताए । राजधानी काठमाडौंको चन्द्रागिरि नगरपालिका -१२, बलम्बुमा वि.सं. २०७१ सालमा स्थापित कम्पनीले मकवानपुरको चित्लाङ फार्मपछि दोस्रो सामरी युनिट स्थापना गरेको हो । कम्पनीको ४४…
Read More
बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा  १९ पदक सहित धादिङ पाचौं स्थानमा ।

बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा १९ पदक सहित धादिङ पाचौं स्थानमा ।

धादिङ : दोलखाको चरिकोटमा भएको १५ औं बागमती प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा धादिङले २ स्वर्ण सहित १९ पदक जितेको छ । आशा गरे अनुरुप पदक ल्याउन नसकेपनि पदक संख्या बृद्धि गरेकोमा आफु सन्तुष्ट रहेको तामाङले बताउनुभयो । प्रदेश भित्रको १३ जिल्ला सहभागी प्रतियोगितामा काठमाडौँ ३४ स्वर्ण, १७ रजत र ७ कास्य सहित पहिलो, ललितपुर १२ स्वर्ण, ९ रजत र १२ कास्य सहित दोस्रो, भक्तपुर ५ स्वर्ण, ५ रजत र १४ कास्य सहित तेस्रो, मकवानपुर ४ स्वर्ण, ७ रजत र ४ कास्य सहित चौथौ, धादिङ २ स्वर्ण, ५ रजत र ११ कास्य सहित पाँचौँ भएको छ । त्यस्तै चितवन…
Read More
महंगो भाडा असुल्ने पठाओ र इनड्राइभ राइडरलाई कार्वाही

महंगो भाडा असुल्ने पठाओ र इनड्राइभ राइडरलाई कार्वाही

धादिङ: धादिङमा बढी भाडा असुल्ने पठाओ र इनड्राइभ राइडरहरुलाई कार्वाही गरिएको छ । बढी भाडा असुलेको भन्दै चार वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर कार्वाही गरेको हो । बढी भाडा लिएको गुनासो आएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले विभिन्न स्थानबाट पठाओ र इनड्राइभ राइडरहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए । ‘चार वटा सवारी साधन नियन्त्रणमा लिएका थियौं । यातायात व्यवस्था ऐन २०४९ अनुसार कारवाही गरेर छाडिएको छ । अहिले ५ सय जरिवाना गरेर छाडिएको हो । विना दर्ता चलाइरहनु भएको रहेछ । आगामी दिन त्यस्तो कार्य नगर्ने निर्देशन दिएर उहाँहरुलाई छाडिएको हो’ उनले…
Read More