Sacho TV

बेनीघाट रोर बेनीघाट रोराङ प्रज्ञा प्रतिष्ठान प्रथम स्रष्टा भेला सम्पन्न केहिदिनमा नेतृत्व टुङगिने

बेनीघाट रोर बेनीघाट रोराङ प्रज्ञा प्रतिष्ठान प्रथम स्रष्टा भेला सम्पन्न केहिदिनमा नेतृत्व टुङगिने

बेनीघाट रोर बेनीघाट रोराङ प्रज्ञा प्रतिष्ठान प्रथम स्रष्टा भेला सम्पन्न केहिदिनमा नेतृत्व टुङगिने

धादिङ, । धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिकामा प्रज्ञाप्रतिष्ठान गठन गर्ने उद्देश्यले प्रथम स्रष्टा भेलाको आयोजना गरिएको छ । गाउँपलिका अध्यक्ष कृष्णबहादुर थपलिया विवेकको अध्यक्षतामान भएको भेलामा गाउँपालिका उपाध्यक्ष टापबहादुर श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत नर्बदा घिमिरे, साहित्यकारहरु बद्री दाहाल, नबिन बन्धु पहाडी , कलाकार मधु रसाईली बिश्व निकेतन काठमाडौका प्रधानाध्यापक हेरम्बराज कडेल लगायतले उपस्थिति थियो । कार्यक्रममा ५० भन्दा बढी स्रष्टाहरुले रचना वाचन गर्नुभएको थियो । आआफ्नो रचना वाचन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अब स्रष्टाको अभिलेखन भएको छ । प्रज्ञा परिषद र प्रज्ञा कार्यसमिति गठन गरिने बताउनुभयो । स्रष्टाहरुको लागि सम्मानको बाटो खुलेको र साहित्यिक गतिविधि प्रतिष्ठानबाट संचालन गर्नका…
Read More
धादिङको नेकपा एमाले प्रतिनिधि परिषद बैठक उद्घाटन गर्न  वरिष्ठ उपाध्य  आउने

धादिङको नेकपा एमाले प्रतिनिधि परिषद बैठक उद्घाटन गर्न वरिष्ठ उपाध्य आउने

धादिङ : नेकपा एमाले धादिङ जिल्ला कमिटीले असार ७ गते प्रतिनिधि परिषद बैठक आयोजना गर्ने भएको छ। कार्यक्रमको उद्घाटन नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले गर्ने तय भएको छ। बैठकमा जिल्लास्तरीय अधिवेशनमा सहभागि प्रतिनिधिहरु, जिल्ला कमिटीका सदस्यहरू तथा विभिन्न पालिकाबाट प्रतिनिधित्व गर्ने गरी जम्मा ५७८ जना सहभागी हुने जिल्ला सचिव राधिका सापकोटाले जानकारी दिनुभयाे । बैठकमा पार्टीको हालसम्मको कामकाजको समीक्षा, आगामी कार्ययोजना निर्माण, विधान संशोधनसम्बन्धी सुझाव संकलन लगायतका विषयमा समुहगत छलफल हुने बताइएको छ। कार्यक्रममा प्रत्येक पालिका अनुसार समूहगत छलफल गरी प्रस्तुती दिने व्यवस्था मिलाइएको छ।  
Read More
आजबाट कम्यूनिष्ट पार्टी नेपालद्वारा भ्रष्टाचार विरोधी अभियानको सुरुवात

आजबाट कम्यूनिष्ट पार्टी नेपालद्वारा भ्रष्टाचार विरोधी अभियानको सुरुवात

धादिङ : बैद्यले नेतृत्व तरेकाे क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपाल धादिङले बिहिबारबाट नेपालभर भ्रष्चार विरोधी अभियानको एक साथ सुरु गरेको छ । यसैबिच धादिङबेसी पत्रकार सम्मेलन गरि अभियानको सुरु गरिएको हो ।अभियानको उद्घाटन गर्दै क्रन्तिकारी कम्यूनिष्ट पार्टी नेपाल ८ नम्बर व्यूरो इन्चार्ज भीम चापागाइँले भ्रष्टाचार गर्नेलाई पार्टीले अनुसन्धान गर्ने, जनताको सामुमा जानकारीह ीगर्ने, सरकारले दमन गरे प्रतिरोध संघर्ष गर्ने र अन्त्यमा जनविद्रोह मार्फत समाजवादी क्रान्ती गरेर समाजवाद ल्याउने योजना सहित पार्टी लागेको बताउनुभएको छ । क्रन्तिकारी कम्यूनिष्ट पार्टी धादिङका इन्चार्ज अमृत बहादुर अधिकारीले भ्रष्टाचार विरोधी अभियानले भ्रष्ट आचरण त्याग्न सघाउने, भ्रष्टाचारको न्यूनिकरण हुने, र जनता सूसूचित भइ संघीय जनगणतन्त्रको खुड्किलो उक्लेर…
Read More
धादिङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण  कार्यक्रम सम्म्पन्न

धादिङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण कार्यक्रम सम्म्पन्न

धादिङ : बागमती प्रदेशमै पहिलोपटक धादिङ जिल्लाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण प्राप्त गरेको छ। बुधबार धादिङबेसीमा आयोजित एक विशेष समारोहका बीच स्वास्थ्य मन्त्रालय बागमती प्रदेशले धादिङलाई प्रमाणपत्र प्रदान गर्दै औपचारिक घोषणा गरेको हो। कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री किरण थापाले धादिङ जिल्लाले पूर्ण खोप सुनिश्चितता अभियानमा देखाएको सक्रियता, समर्पण र नेतृत्वको प्रशंसा गर्नुभयो। उहाँले भने, “प्रदेशका अन्य जिल्लाहरूका लागि धादिङले प्रेरणादायक उदाहरण पेश गरेको छ। तीनै तहको सरकारबीच सहकार्य विना यस्ता दिगो उपलब्धिहरू सम्भव हुँदैनन्।” मन्त्री थापाले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई आवश्यकता र समानताको आधारमा बजेट विनियोजन गर्दै आएको स्पष्ट पार्नुभयो। उहाँले स्थानीय स्रोतको उपयोग, स्वामित्व र…
Read More
विपद् जोखिम न्यूनीकरण र प्लास्टिकजन्य फोहोर व्यवस्थापन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

विपद् जोखिम न्यूनीकरण र प्लास्टिकजन्य फोहोर व्यवस्थापन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

धादिङ : सदरमुकाम धादिङबेशी विपद् जोखिम न्यूनीकरण र प्लास्टिकजन्य फोहोर व्यवस्थापन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुधबार सिविसको आयोजनामा “विपद् जोखिम न्यूनीकरण र प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा स्थानीय सरकारको भूमिका, नीतिगत व्यवस्था र योजना” सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख एवम नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाईने बताउनुभयो। उहाँले विपद् प्रतिकार्य योजना बनाई खोज, उद्धार, पुनस्र्थापना र पुनर्निर्माणमा काम भइरहेको जानकारी दिनुभयो।साथै, जोखिमयुक्त स्थान पहिचान गरी आवश्यकता अनुसार तत्काल उद्धार तथा राहतको तयारीमा नगरपालिका जुटिरहेको बताउनुभयो । यस्तै कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले फोहोर व्यवस्थापनसम्बन्धी जानकारी दिँदै नगरपालिकाले…
Read More
गजुरी गाउँपालिका वडा नं. ३ मा अनिवार्य तथा नि:शुल्क शिक्षा वडा घोषणा कार्यक्रम सम्पन्न

गजुरी गाउँपालिका वडा नं. ३ मा अनिवार्य तथा नि:शुल्क शिक्षा वडा घोषणा कार्यक्रम सम्पन्न

धादिङ: गजुरी गाउँपालिका वडा नं. ३ लाई अनिवार्य तथा निःशुल्क शिक्षा वडा घोषणा गरिएको छ । आज एक कार्यक्रमका विच गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले ब्यानरमा हस्ताक्षर गर्दै वडालाई औपचारिक रूपमा अनिवार्य तथा निःशुल्क शिक्षा वडा घोषणा गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका अध्यक्ष श्रेष्ठले शिक्षा नै विकासको आधार भएको उल्लेख गर्दै गजुरीका सबै वडामा शिक्षा पहुँचको समानता र गुणस्तर वृद्धिका लागि पालिका प्रतिवद्ध रहेको बताउनुभयो । कार्यक्रममा सहभागी वक्ताहरूले अनिवार्य शिक्षा कार्यक्रम अन्तर्गत पालिकाको रणनीति, गरिब तथा विपन्न परिवारका बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्ने उपाय, र विद्यालयमा बालमैत्री वातावरण निर्माणका विषयमा प्रकाश पारेका थिए ।
Read More
नागरिक समाज  धादिङद्वारा “स्थानिय तहको निति , योजना र बजेट “सम्बन्धि नागरिक बहस सम्पन्न ।

नागरिक समाज धादिङद्वारा “स्थानिय तहको निति , योजना र बजेट “सम्बन्धि नागरिक बहस सम्पन्न ।

धादिङ :धादिङको सदरमुकाम धादिङबेसीमा मंगलबार स्थानिय तहको नीति योजना र बजेटका विषयमा नागरिक बहस कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रममा स्थानीय सरकारको नीति निर्माण, बजेट निर्माण प्रक्रिया तथा त्यसमा नागरिक सहभागिता र पारदर्शिताको विषयमा विस्तृत छलफल गरिएको थियो । स्थानीय तहमा नागरिकहरूको सक्रिय सहभागिता सुनिश्चित गर्दै नीति, योजना र बजेट जनउत्तरदायी ढंगले बनाउन प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, जनप्रतिनिधि, नागरिक समाजका अगुवा, सञ्चारकर्मी, शिक्षाविद्, विद्यार्थी, महिला तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागिहरूले नीति निर्माणको प्रक्रियामा जनताको सुझावलाई प्राथमिकता दिनुपर्ने र बजेट निर्माणमा स्थानीय आवश्यकतालाई समावेश गर्नुपर्ने धारणा राखेका थिए । विभिन्न सरोकारवाला…
Read More
नीलकण्ठ नगरपालिकाले ‘दोस्रो युवा सीप, तालिम तथा रोजगार मेला सम्पन्न ।

नीलकण्ठ नगरपालिकाले ‘दोस्रो युवा सीप, तालिम तथा रोजगार मेला सम्पन्न ।

धादिङ :धादिङको नीलकण्ठ नगरपालिकाले ‘दोस्रो युवा सीप, तालिम तथा रोजगार मेला २०८२’ गरेको छ । युवाको सीप विकास, तालिम र रोजगारीका अवसर प्रवद्र्धन गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको हो । नीलकण्ठ वालमन्दिर माध्यामिक विद्यालयमा शनिवार भएको रोजगार मेलाको उद्घाटन समारोहको सम्बोधन गर्दै नीलकण्ठ नगरपालिकाका नगर प्रमुख एवम् नेपाल नगरपालिका महासंघका अध्यक्ष भीमप्रसाद ढुंगानाले नीलकण्ठ नगरपालिकालाई उद्यमशिलताको हव बनाउने बताएका छन् । ‘नीलकण्ठ नगरपालिकाले उत्पादन गरेको वस्तु नगरपालिकाले नै खरिद गर्छ । विदेश होइन देशमै रोजगारी सिर्जना गर्छाै’ उनले भने– ‘हामी युवालाई विदेशी भूमिमा पसिना बगाउने भन्दा आफ्नै भूमिमा सम्भावना सिर्जना गर्न चाहन्छौं । यो मेला स्वदेशमै सम्भावना खोज्ने कोसिस हो…
Read More
न्यु किबो बोर्डिङ स्कुलले शुक्रबार विभिन्न क्रीयाकलाप गरि बुक फ्री फ्राइडे मनाएको छ

न्यु किबो बोर्डिङ स्कुलले शुक्रबार विभिन्न क्रीयाकलाप गरि बुक फ्री फ्राइडे मनाएको छ

 धादिङ : धादिङबेसीमा रहेको न्यु किबो बोर्डिङले शुक्रबार लाई बुक फ्राइडे रुपमा विभिन्न क्रियाकलाप गरेर मनाएको छ । विधालयका अतिरिक्त क्रीयाकलाप संयोजक अनुप भट्टका अनुसार कक्षा १ र २ का विधार्थी भाइबहिनिहरुले घरबाट आफै कागती लेराएर कागतिको जुस बनाएर एकअर्कामा बाडेर खाएका थिए त्यसैगरी कक्षा ३ देखि ९ का विधार्थीहरु Memory Test कार्यक्रममा समावेश भै २९ प्रकारका सामाग्रीहरु जम्मा ५ मिनेटमा सम्झैदै लेख्ने कोशिश गरेका थिए! विधालयका प्रधानाध्यापक प्रयास रेग्मिले विधालयले विशेषगरी शुक्रबार विभिन्न अतिरिक्त क्रीयाकलाप संचालन गरि बालबालिकाको सर्वाङिण विकासमा जोड दिदै आएको कुरा बताउनुभयो  ।   हरेक हप्ता अतिरिक्त क्रियाकलाप गाराउदै आएको  न्यू किबोले गत हप्ताको शुक्रवार  दुबोको…
Read More
मुग्लिन–मलेखु सडक खण्डमा  सात दिन राति सवारी आवागमन बन्द

मुग्लिन–मलेखु सडक खण्डमा सात दिन राति सवारी आवागमन बन्द

धादिङ। पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–मलेखु सडक खण्डमा राति सवारी आवागमन बन्द गरेर स्तरोन्नति गरिने भएको छ। यही जेठ ३० गतेदेखि आगामी असार ७ गतेसम्म रातिको समयमा सवारी आवागमन बन्द गरेर स्तरोन्नति गर्न लागिएको हो। नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का प्रमुख केदारप्रसाद नेपालका अनुसार सडकको बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसिसी बिम राख्ने कामका लागि सवाारी बन्द गर्न लागिएको हो। बिम राख्न भारी क्रेनको प्रयोग गर्नुपर्ने भएकाले सवारी आवागमन रोक्नु परेको बताउँदै उनले शुक्रबारदेखि असार ७ गतसम्म राति १०ः३० बजेदेखि बिहान ३ः०० बजेसम्म अत्यावश्यकबाहेक सबै सवारीसाधन बन्द हुने जानकारी दिए। नेपालका अनुसार मलेखुबाट मुग्लिनतर्फ जाने भारी सवारीसाधनहरू…
Read More