गजुरी, धादिङ ।नयाँ वर्ष २०८२ सालको शुभ अवसरमा गजुरी गाउँपालिका-५ स्थित गलौदी खेलमैदानमा “शुभकामना आदान प्रदान तथा सांस्कृतिक धमका – २०८२” कार्यक्रम हुने भएको छ। जनता भविष्य निर्माण सामुदायिक समाज, गजुरी-५ को आयोजनामा, गजुरी गाउँपालिकाको संरक्षकत्वमा र गजुरी वडा नं. ५ कार्यालय को प्रवर्धनमा हुने यस कार्यक्रममा राष्ट्रियस्तरका चर्चित कलाकारहरूले प्रस्तुति दिनेछन्। कार्यक्रममा गायक हिमाल सागर, प्रकाश पराजुली, धर्व बिस्को र गायिका सुमित्रा तामाङ को साङ्गीतिक प्रस्तुति रहनेछ। साथै, डान्सर अस्मिता भुजेल, इस ठकुरी, र रिया सुन्दास को नृत्यले कार्यक्रममा थप रौनकता ल्याउने अपेक्षा गरिएको छ। नयाँ वर्षलाई सांस्कृतिक उत्सवको रूपमा मनाउने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रमले गजुरीको कला, संस्कृति…
काठमाडौं- वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । दिउँसो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका लागि भर्ना गरिएको ९७ वर्षिय रिसालको राति पौने ८ बजे निधन भएको हो । ९७ वर्षीय पाका पत्रकार रिसाल पञ्चायतकालदेखि पत्रकारितामा सक्रिय थिए । राष्ट्रिय समाचार समितिमा लामो समय काम गरेका पत्रकार रिसाल राससमा अवकाशपछि वातावरण पत्रकारिता र रेडियो सगरमाथामा आवद्ध रहेका थिए । रेडियो सगरमाथाको स्थापनाकालदेखि संलग्न पत्रकार रिसालले लामो समयसम्म रेडियो कुराकानी स्तम्भमा आफ्नो विचार प्रस्तुत गर्थे भने उहिले बाजेका पालामा नामक कार्यक्रम चलाउथे । उनी रासससबाट प्रमुख संवाददाता भएर अवकाश भएका थिए । पत्रकार रिसालले आफ्नो देहावसानपछि शरिरलाई मेडिकल अध्ययन प्रयोजनका लागि दान…
धादिङ – धादिङ जिल्लाको गल्छी गाउँपालिका–२ औपचारिक रूपमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । बालमैत्री स्थानिय शासन घोषणा कायविधि २०७९ ले निर्दिष्ट गरेका ५१ वटा सुचक पूरा गरेपछि वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो । जिल्ला समन्वय समिति प्रमुख नवराज अधिकारीले बालबालिका प्रतिको बृहत्तर जिम्मेवारी निर्वाह गर्ने अभियान स्वरुप बालमैत्री स्थानिय शासन कार्यान्वयन निर्देशिका २०७८ र बालमैत्री स्थानिय शासन घोषणा कायविधि २०७९ ले निर्दिष्ट गरेका ५१ वटा सुचक र तहगत चरणहरु पुरा गरेकाले बालमैत्री वडाको घोषणा गरिएको बताए । यस्तै गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले बालबालिकाको उज्वल भविष्यका लागि गाउँपालिकाले दीर्घकालीन रणनीति तयार गरी बालमैत्री वडाहरू निर्माण…
धादिङ- धादिङको गजुरी गाउँपालिको गलौदीमा जारी धादिङ रैथाने खाना तथा कृषि पर्यटन ब्यापारमेलामा भोलि चैत २२ गते शुक्रबार चर्चित गायक दुर्गेश थापाले प्रस्तुति दिने जिल्ला होटल संघ धादिङका अध्यक्ष रामशरण शिलवालले जनाएको छ। उक्त दिन थापासँगै एसियाकै होचो ब्यक्ति मनोज गोर्खाली , राजेन्द्र पुरी र स्थानीय कलाकारुको बेजोड रहनने रहने आयोजकले बताइएको छ । जिल्ला होटल संघ धादिङले आयोजना गरेको रैथाने खाना तथा कृषि महित्सवको गजुरी गाउँपालिका संरक्षण रहेको छ । यहि चैतको १४ गते देखि शुरुभएको महोत्सव २४ गते सम्म रहने आयोजकले बताएको छ। आफूलाई पर्फमर बताउने दुर्गेश थापालाई पछिल्ला महिना मेला–महोत्सवमा प्रस्तुति दिन भ्याइनभ्याइ…
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका– १ खैरघारीमा कार र ट्रक एक आपसमा ठक्कर खादा पाँच जना घाइते भएका छन् । काठमाडौबाट चितवनतर्फ जाँदै गरेको द्य ब्म् १३७७ नम्बरबो कार र विपरित दिशाबाट आउदै गरेको म.प्र.०३–००२ ख १७३३ नम्बरको ट्रक एक आपसमा ठोक्किदा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिए । दुर्घटनामा परि घाइते भएका नवलपरासी देबचुली गाउँपालिका– ३ का ३६ वर्षिय प्रदिप न्यौपाने, १० वर्षिय प्रक्षेप न्यौपाने र पाल्पा गनासकाली गाउँपालिका–२ का २९ वर्षिय रामहरी गैरेलाई काठमाडौं रेफर गरिएको छ । काभ्रेपलाञ्चोक पनौति नगरपालिका– ८ का २७ वर्षिय सुवोद बञ्जारा र…
काठमाडौं- देशको लाइफ लाइन मानिने पृथ्वी राजमार्ग, छेउमै त्रिशुली किनार । राजमार्ग र नदीको आडैमा रहेका खेतका केही गरोहरुमा टन्न बन्दा, केहीमा बन्दा फालेर भर्खरै रोपिएको चैते धान । बजार र मूल्य नपाएपछि नदी किनाराभरि किसानले काटेर फालेका बन्दाका थुप्रो । नाफाको सपना बुनेर विउविजनको पैसा समेत उठाउन नसकेका किसानहरु भन्छन्– ‘प्रतिकेजी एक रुपियाँमा पनि बिक्दैन बन्दा । किसान सधैं मरिरहने हो सरकार ?’ धादिङको गजुरी गाउँपालिका– ५ गजुरीका हरिशरण धितालले सात रोपनी जग्गामा बन्दा खेती गरेका थिए । पहिलो लटमा प्रतिकेजी तीन रुपियाँका दरले थोरै बन्दा विक्रि गरेपनि बाँकी बन्दा त्रिशुली किनारमा फालेको धिताल बताउँछन् । ‘सात रोपनी जग्गामा…
धादिङ- धादिङका पत्रकारहरुले प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । काठमाडौंस्थित तिनकुनेमा पत्रकार सुरेश रजकसहित दुईजनाको ज्यान जाने गरि घटेको घटना तथा सोहि दिन विभिन्न मिडिया हाउस तोडफोड, आगजनी तथा मिडियाकर्मी कुटपिटमा संलग्न तथा दोषीलाई कारबाहीको माग राख्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् । नेपाल पत्रकार महासंघ धादिङको नेतृत्वमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको हो । दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै कारवाही नभए चरणवद्ध रुपमा आन्दोलनका कार्यक्रम अघि बढ्न नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारीले बताए । संघिय सरकारसंग उक्त पत्र पुर्याईदिन तथा न्यायका लागि पहल गरिदिन आग्रह पत्रकारहरुले आग्रह गरेका छन् । धादिङका…
काठमाडौं- नेकपा एमाले केन्द्रिय सचिव एवं पुर्व भुमि सुधार मन्त्री पद्मा अर्यालले नेपाली जनताले फालेको राजतन्त्र कहिल्यै फर्किन नसक्ने दावी बताएका छन् । राजावादीले चैत्र १५ गते गरेको अराजक र हिंसात्मक आन्दोलनको घोर भत्सना गर्दै अर्यालले राजा फेरी सत्तामा आउने कुराको कल्पना समेत गर्न नसकिने बताएका हुन् । गणतन्त्रको रक्षा, विकास र अराजक गलत प्रवृत्ति विरुद्ध नेकपा एमाले धादिङले गल्छिस्थित महेशदोभानमा आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै नेता अर्यालले राजाको पालामा सिटामोल खान नपाएर नेपाली जनताले मृत्युवरण गर्नुपरेको तथ्य आम नागरिकले बुझ्नुपर्ने बताए । त्यस्तै, नेकपा एमालेका केन्द्रिय सदस्य एवं धादिङ ईन्चार्ज खेम प्रसाद लोहनीले राष्ट्रिय प्रजातन्त्र पार्टी पुर्व राजाको…
धादिङ– नागरिक समाजका अगुवाहरुले लोकतान्त्रिक गणतन्त्रको कारण विकास र आजको उपलब्धि हासिल भएको बताएका छन् । नेकपा एमाले धादिङले आयोजना गरेको लोकतान्त्रिक गणतन्त्रको उपलब्धि र चुनौति विषयक अन्तरक्रिया कार्यक्रममा नागरिक समाजका अगुवाहरुले लोकतान्त्रिक गणतन्त्र विना नागरिक अधिकार र विकास सम्भव नहुने बताएका हुन् । नेकपा एमाले केन्द्रीय सदस्य खेम लोहनीले गणतन्त्रले दिएका यावत विकास पूर्वाधार, मानवअधिकार, प्रेस स्वतन्त्रता र राज्यशक्तिको श्रोत जनता बनाइएको संविधानको रक्षा गर्न नागरिक समाज र गणतन्त्रवादी राजनीतिक दल एक ठाउँमा उभिएर अघि बढ्नु पर्ने बताए । धादिङको विकास र बहुदलिय प्रजातन्त्र अघिका ति सकस दिनहरु स्मरण गर्दै एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठीले राजा आउने सम्भावना नरहेको…