Sacho TV

नीलकण्ठ नगरपालिकाले स्थापना दिवसमा खेलकुद प्रतियोगिता गर्ने

नीलकण्ठ नगरपालिकाले स्थापना दिवसमा खेलकुद प्रतियोगिता गर्ने

नीलकण्ठ नगरपालिकाले स्थापना दिवसमा खेलकुद प्रतियोगिता गर्ने

धादिङ- धादिङको नीलकण्ठ नगरपालिकाले आफ्नो विविध कार्यक्रम गरि स्थापना दिवस मनाउने भएको छ । विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरि नगरपालिकाले स्थापना दिवस मनाउन लागेको हो । नेपाल सरकारको मन्त्रिपरिषद्को मिति २०७१ साल वैशाख २५ गतेको निर्णयवाट नीलकण्ठ नगरपालिका गठन भएको र उक्त गठन भएको दिन बैशाख २५ गतेको दिनलाई नगरपालिकाले स्थापना दिवसको रुपमा मनाउदै आएको छ । यो वर्ष पनि नगरपालिकाले विविध कार्यक्रम गरि मनाउन लागेको हो । नगरपालिकाले गत वर्ष जस्तै यस बर्ष पनि मैत्रिपूर्ण खेलकुद प्रतियोगिताहरु गरी वार्षिक उत्सव मनाउने तयारी गरेको छ।बैशाख २३ गते नीलकण्ठ नगरपालिका र नेपाल पत्रकार महासंघबिच फुटसल खेल, नीलकण्ठ नगरपालिकाका महिला जनप्रतिनिधि र…
Read More
रुबीभ्यालीमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बल (BOP) उद्घाटन गर्न आज गृहमन्त्री आउदै

रुबीभ्यालीमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बल (BOP) उद्घाटन गर्न आज गृहमन्त्री आउदै

धादिङ । धादिङको रुबीभ्याली गाउँपालिका–१ तिप्लिङमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बल (BOP) को उद्घाटन आज हुँदैछ। उद्घाटन कार्यक्रममा गृहमन्त्री माननीय रमेश लेखक तथा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी सहभागी हुने कार्यक्रम रहेको छ। सीमावर्ती सुरक्षा मजबुत पार्न र स्थानीय सुरक्षालाई सुदृढ बनाउन स्थापना गरिएको उक्त BOP ले सीमानाका गतिविधि अनुगमनका साथै विपद् व्यवस्थापन र अन्य सुरक्षासम्बन्धी काम गर्नेछ। कार्यक्रममा संघीय सांसद, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी तथा स्थानीय बासिन्दाको उपस्थिति रहने छ।
Read More
रेशम चौधरी पक्राउ

रेशम चौधरी पक्राउ

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । जनमत पार्टी र नाउपाको पार्टी एकता घोषणा कार्यक्रमबाट उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । प्रज्ञा भवन कमलादी परिसरबाट सादा पोशाकमा रहेका प्रहरीले नियन्त्रणमा लिएर डिल्लीबजार कारागार पुर्याएका हुन् । चौधरीलाई किन नियन्त्रण लिएको भन्ने कारण खुलेको छैन । टीकापुर काण्डका प्रमुख आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ गते जेलमुक्त भएका थिए ।
Read More
७४ वर्षीय वृद्ध मृत फेला

७४ वर्षीय वृद्ध मृत फेला

काठमाडौं– धनकुटाको चौबिसे गाउँपालिका–१ राजापोखरीका ७४ वर्षीय वृद्ध पदमबहादुर श्रेष्ठको लडेर मृत्यु भएको छ । बैशाख १६ गते दिउँसो घरबाट हिडेका श्रेष्ठ वेपत्ता रहेका थिए । खोजी गर्ने क्रममा बुधबार बिहान घर भन्दा सात सय मिटर टाढा सडक छेउमा लडेर मृत्त अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । मृतक श्रेष्ठको शव पोष्टमार्टमको लागि धनकुटा जिल्ला अस्पताल लगिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Read More
धार्मिक र पर्यटकीय विकासका लागी -“प्रथम सिङ्ला पर्यटन मेला २०८२ हुने”

धार्मिक र पर्यटकीय विकासका लागी -“प्रथम सिङ्ला पर्यटन मेला २०८२ हुने”

धादिङ — धादिङ जिल्लाको उत्तरी क्षेत्र सिङ्लामा पहिलो पटक ‘प्रथम सिङ्ला पर्यटन मेला २०८२’ आयोजना हुँदैछ। सिङ्ला पर्यटन क्षेत्र विकास समाजको आयोजना र विभिन्न स्थानीय निकाय, संघ-संस्थाहरूको सहकार्यमा बैशाख २७ देखि २९ गतेसम्म मेलाको आयोजना हुने भएको हो। नीलकण्ठ नगरपालिका–३, धादिङस्थित समाजको नेतृत्वमा आयोजना गरिने यस मेलामा खनियावास गाउँपालिका, रुवीभ्याली गाउँपालिका, गंगाजमना गाउँपालिका (धादिङ), म्यागङ गाउँपालिका र किस्पाङ गाउँपालिका (नुवाँकोट) तथा आमाछेदिङमो गाउँपालिका (रसुवा) सह-आयोजकका रूपमा रहेका छन्। नेपाल पर्यटन बोर्ड (NTB) प्रवर्द्धकका रूपमा र बागमती प्रदेश सरकार, जिल्ला समन्वय समिति धादिङ, धादिङ उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय धादिङ, तथा ज्यामपल दोर्जे दुवखाङ गुम्बा, सेमजोङ, धादिङले सहयोगी भूमिका रहने…
Read More
वार्तामा गएका शिक्षक नेता सिंहदरबारको गेटबाटै फर्किए

वार्तामा गएका शिक्षक नेता सिंहदरबारको गेटबाटै फर्किए

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले वार्तामा बोलाएका शिक्षकहरु सिंहदरबार गेटबाटै फर्किएका छन् । वार्ताका लागि गएका नेपाल शिक्षक महासंघका नेताहरू सिंहदरबारको गेटबाटै फर्किएका हुन् । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले विशेष कारणवश मन्त्रालय प्रवेश नगरी फर्किएको जानकारी दिएका छन् । मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावली महासंघले तयार नगरेको भन्दै उनीहरू बैठक बहिस्कार गरेर गेटबाटै फर्किएको बताइएको छ । उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्,‘आज मिति २०८२ वैशाख १२ गते नवनियुक्त माननीय मन्त्रीज्यूसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौँ । तर विशेष कारणवश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौँ ।’ विद्यालय शिक्षा ऐन…
Read More
धादिङको रुवीभ्याली गाउँपालिका– ४ बोराङका सुक बहादुर तामाङ नालीमा मृत  फेला

धादिङको रुवीभ्याली गाउँपालिका– ४ बोराङका सुक बहादुर तामाङ नालीमा मृत फेला

धादिङ -धादिङको रुवीभ्याली गाउँपालिका– ४ बोराङका सुक बहादुर तामाङ नालीमा मृत भेटिएका छन् । नीलकण्ठ नगरपालिका–४ रायटार प्लटिङमा तामाङ नालीमा मृत भेटिएका हुन् । प्लटिङबाट आँपखोलातर्फ जाने सडकको नालीमा लडिरहेको अवस्थामा करिव ५० वर्षीय तामाङ मृत भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए । तामाङको परिवार केही समयअघिदेखि प्लटिङ नजिकै बस्दै आएका थिए । मृत तामाङ भेटिएको क्षेत्रमा हिजो राती युवाहरुबीच होहल्ला भएको र सामान्य झगडा पनि भएको स्थानीयहरुले बताएका छन् । घटनास्थलमा अहिले प्रहरीले शिल गरि अनुसन्धान गरिरहेको छ । घटनास्थलबाट शव उठाएर मृत्युको कारणबारे थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।
Read More
लोकतन्त्र दिवसको अवसरमा धादिङबेसीमा दीप प्रज्वलन

लोकतन्त्र दिवसको अवसरमा धादिङबेसीमा दीप प्रज्वलन

धादिङ -१९औं लोकतन्त्र दिवसको अवसरमा आज जिल्लाको सदमुकाम धादिङबेसीमा दीप प्रज्वलन गरिएको छ । नेपालमा राणा शासन अन्त्य गरी प्रजातन्त्र तथा लोकतन्त्र ल्याउन योगदान गर्ने शहीदको सम्झना गर्दै दीप प्रज्वलन गरिएको हो । पुछार बजार एमाले चोकमा आज साँझ नागरिक समाज, पत्रकार, तथा विभिन्न सरोकारवाला पक्षहरूले दीप प्रज्वलन गरेका हुन् । संविधान सभा सभा सदस्य गुरु बुर्लाकोटीले लोकतन्त्र जनताको विजयको दिवस भएको स्मरण गराउँदै यसको संरक्षण र सुदृढीकरणमा सबैले भूमिका खेल्नुपर्ने बताए । `लोकतन्त्रको सुन्दरता सबैको आवाज सुन्ने र समेट्ने प्रक्रियामा रहेको छ । लोकतन्त्रको विकल्पमा राजतन्त्र हुन सक्दैन । कमी कमजोरीलाई सुधार गरेर लोकतान्त्रिक गणतन्त्रलाई भरपुर सबल बनाउनु पर्छ´…
Read More
बेनिघाट रोराङका सार्वजनिक पदमा रहेकाका छोराछोरी सामुदायिक विद्यालयमै पढाउन पुनः अनुरोध

बेनिघाट रोराङका सार्वजनिक पदमा रहेकाका छोराछोरी सामुदायिक विद्यालयमै पढाउन पुनः अनुरोध

 धादिङ -धादिङको बेनिघाट रोराङ गाउँपालिकाले सार्वजनकि पद धारण गरेकाको परिवारका वालवालिकालाई सामुदायी विद्यालयमा पढाउन अनुरोध गरेको छ । वि.स. २०८० चैत्र १ गते बसेको सर्वदलीय सहित गाउँकार्यपालिकाको बैठकले राजनीतिक दलका प्रतिनीधि तथा सार्वजनिक पदमा बहाल रहेकाका परिवारलाई सामुदायीक विद्यालयमा भर्ना गरि अध्ययन गर्ने व्यवस्था मिलाउन अनुरोध गर्ने निर्णय गरेको थियो । गाउँपालिकाले सामुदायीक विद्यालयहरुलाई व्यवस्थीत र प्रभावकारी बनाई विद्यालय प्रतिको जिम्मेवारी र जवाफ देहिता मार्फत विद्यालयको शैक्षिक गुण्स्तरमा थप टेवा पु¥याउने उद्देश्यका साथ यस्तो निर्णय गरिएको गाउँपालिकाका प्रमुख कृष्ण बहादुर थपलिया विवेकले बताउनु भयो । गत शैक्षिक शत्र देखि नै गाउँपालिकाले गाउँपालिका भित्र सार्वजनिक पद धारण गरेका जनप्रतिनीधि, राष्ट्रसेवक कर्मचारी,…
Read More
धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड १३ गतेबाट हुने

धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड १३ गतेबाट हुने

धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यहि बैशाख १३ गतेदेखि सुरु हुने भएको छ। जिल्ला खेलकुद विकास समिति धादिङको आयोजनामा सदरमुकाम धादिङबेशीमा हुन लागेको १४औं धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङले जानकारी दिए । यसअघि बैशाख ११ गतेबाट सुरु हुने भनिएको रनिङ शिल्ड कक्षा १२ को परिक्षालाई मध्यनजर गर्दै स्थगित भएको थियो । आजदेखि हुने भनिएको कक्षा १२ को परीक्षा शिक्षकहरूको आन्दोलनका कारण राष्ट्रिय परीक्षा बोर्डले आउँदो २१ गतेदेखि गर्ने गरी सारेसंगै १३ गतेदेखि रनिङ शिल्ड गर्ने निर्णय गरिएको अध्यक्ष तामाङले बताए । प्रतियोगितामा सहभागि…
Read More