Sacho TV

नीलकण्ठ नगरपालिका वडा नं ४ मा सामाजिक सुरक्षा भत्ता टोलटोलमै वितरण

नीलकण्ठ नगरपालिका वडा नं ४ मा सामाजिक सुरक्षा भत्ता टोलटोलमै वितरण

नीलकण्ठ नगरपालिका वडा नं ४ मा सामाजिक सुरक्षा भत्ता टोलटोलमै वितरण

धादिङ, साउन ८ – नीलकण्ठ नगरपालिका–४ मा सामाजिक सुरक्षा भत्ता  टोलटोलमै पुगी वितरण गरिएको छ। जनताको सेवा सहज र प्रभावकारी बनाउने उद्देश्यले वडा कार्यालयले घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण थालेको हो। वडामा रहेका ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्तिहरू लगायत भत्ता पाउने लक्षित वर्गलाई बैंकमा लामो लाइन बस्नु नपर्ने गरी टोलमै वितरण गरिँदा सेवाग्राहीहरू अत्यन्तै खुसी देखिएका छन्। वडा अध्यक्ष हरि बहादुर श्रेष्ठका अनुसार, “नागरिकलाई सेवा खोज्न वडा कार्यालय आउनु पर्ने होइन, सेवा नागरिकसम्म पुर्‍याउने हाम्रो अभियान हो।” उनले अझै सहज , पारदर्शिता र जिम्मेवारीपूर्ण ढंगले वितरण प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। बिहान नौ बजे रिजालथोक बाट…
Read More
धादिङकी तिलमाया काठमाडौँकमा मृत फेला

धादिङकी तिलमाया काठमाडौँकमा मृत फेला

५ साउन, काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–८ स्थित पिपलडाँडा टुसालचौर खेल मैदानमा महिला मृतावस्थामा फेला परेकी छिन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले टुसालचौर खेल मैदानको बारमा झुण्डिएको अवस्थामा धादिङ ज्वालामुखी गाउँपालिका–३ घर भई हाल तारकेश्वर–४ शेषमति बस्ने २६ वर्षीय तिलमाया तामाङ मृत फेला परेको जानकारी दिनुभयो । तिलमाया गए रातिदेखि हराएको उनकी दिदी केशरीमाया पुलामीले जानकारी दिनुभयो ।
Read More
अध्यक्ष रामसिंह तामाङ इजरायल भ्रमण सकेर स्वदेश फिर्ता

अध्यक्ष रामसिंह तामाङ इजरायल भ्रमण सकेर स्वदेश फिर्ता

धादिङ, रुवी भ्याली । रुवी भ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङ हालै इजरायलको भ्रमण सकेर स्वदेश फर्किएका छन् । स्थानीय सरकारको तर्फबाट ‘मुनिएक्सपो २०२५’ मा सहभागिता जनाउन पुगेका अध्यक्ष तामाङले इजरायलको विदेश मन्त्रालयमा उच्चस्तरीय भेटवार्ता पनि गरेका थिए । उनको भ्रमणका क्रममा कृषि प्रविधि, जल व्यवस्थापन, पूर्वाधार विकास र स्थानीय शासन सुदृढीकरण जस्ता विषयहरूमा इजरायली पक्षसँग गहन छलफल भएको जनाइएको छ । अध्यक्ष तामाङले भ्रमणले रुवी भ्याली गाउँपालिकाको समुन्नत विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । भ्रमणबाट फर्किएपछि अध्यक्ष तामाङले संक्षिप्त प्रतिक्रिया दिंदै भने, “इजरायलको प्रविधि र व्यवस्थापन शैलीबाट धेरै कुरा सिक्ने अवसर मिल्यो । अब ती ज्ञान र अनुभवलाई…
Read More
धादिङ जिल्ला योग खेलकुद संघको अध्यक्षमा गोविन्दकुमार श्रेष्ठ चयन

धादिङ जिल्ला योग खेलकुद संघको अध्यक्षमा गोविन्दकुमार श्रेष्ठ चयन

धादिङ : धादिङ जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङको प्रमुख आतिथ्यतामा भएको भेलाबाट धादिङ जिल्ला योग खेलकुद संघको अध्यक्षमा गोविन्दकुमार श्रेष्ठ चयन भएका छन् । आज भएको भेलाबाट उपाध्यक्षमा जयन्ती रेग्मी र सन्दिपप्रसाद घिमिरे, सचिवमा राजकुमार श्रेष्ठ, सह-सचिवमा यमबहादुर श्रेष्ठ र कोषाध्यक्षमा चित्रबहादुर श्रेष्ठ, सदस्यहरुमा कुमार बहादुर बुढाथोकी, पदमबहादुर तामाङ, हरिशंकर गिदेल,चमेली बगाले काप्री, बुद्धिबहादुर थापा, शंकर प्रसाद थपलिया र कमलादेवी श्रेष्ठ चयन भएका छन् । भेलामा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि तामाङले धादिङमा अब योग खेलकुदाको विकास हुनेमा ढुक्क रहेको बताएका थिए । जिल्ला खेलकुद विकास समितिले सहयोग गर्छ तपाईहरुले योग खेलकुदलाई जिल्लामा अन्य विधाका खेलकुदहरुलाई जस्तै…
Read More
सौगात थपलिया र सन्दीप खड्काको व्यक्तिगत खर्चमा जीर्ण सूचना बोर्ड पुनःनिर्माण

सौगात थपलिया र सन्दीप खड्काको व्यक्तिगत खर्चमा जीर्ण सूचना बोर्ड पुनःनिर्माण

धादिङ,  – धादिङको फुर्के खोलानजिक रहेको पृथ्वी राजमार्गको सूचना बोर्ड करिब चार वर्षदेखि जीर्ण अवस्थामा थियो। यात्रुहरूलाई जानकारी प्राप्त गर्न कठिन हुने अवस्थामा रहेको सो सूचना बोर्ड अब नयाँ स्वरूपमा पुनःस्थापना गरिएको छ – त्यो पनि सरकारी सहयोग वा कुनै संघसंस्थाको पहल बिना, दुई व्यक्तिको व्यक्तिगत खर्चमा। बेनिघाटस्थित त्रिशूली रिभर साइड रिसोर्टमा कार्यरत सौगात थपलिया र सन्दीप खड्काले समाजप्रतिको उत्तरदायित्व बुझेका छन्। उनीहरूले आफ्नो खर्चमा सूचना बोर्ड पूर्ण रूपमा परिवर्तन गरी यात्रुहरूका लागि जानकारीमूलक र सजिलो बनाएका छन्। स्थानीय बासिन्दा र यात्रुहरूले उनीहरूको यो पहललाई निकै सकारात्मक रूपमा लिएका छन्। धेरैले सामाजिक सञ्जालमार्फत पनि प्रशंसा व्यक्त गरेका छन्। स्थानीय तह…
Read More
पूर्वविद्यार्थी सौगात थपलिया बाट शिक्षालयलाई प्रेरणादायी सहयोग

पूर्वविद्यार्थी सौगात थपलिया बाट शिक्षालयलाई प्रेरणादायी सहयोग

धादिङ, असार १९ – सिद्धलेक गाउँपालिका–१, नलाङस्थित श्री नलाङ माध्यमिक विद्यालयले असार १९ गते विद्यालयका पूर्वविद्यार्थी श्री  सौगात थापलियालाई विशेष सम्मानस्वरूप कदरपत्र प्रदान गरेको छ। धादिङ जिल्ला सिद्धलेक गाउँपालिका वडा नं. १ पीपल नलाङ निवासी थापलियाले आफूले अध्ययन गरेको सोही विद्यालयका कक्षा १ देखि ५ सम्मका गरिब तथा जेहेन्दार विद्यार्थीहरूका लागि ६५ थान पोशाक (ट्र्याक–सुट) तथा कार्यक्रम सञ्चालनका लागि १ थान पोडियम सहयोग गरेका हुन्। विद्यालयमा आयोजित विशेष समारोहमा प्रधानाध्यापक अर्जुन प्रसाद सिलवाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमनाथ सिलवाल, प्रमुख अतिथि सिद्धलेक गाउँपालिकाका उपाध्यक्ष सबिता अर्याल लगायतको उपस्थितिमा उक्त कदरपत्र प्रदान गरिएको हो। विद्यालयले सौगात थापलियाको योगदानलाई उच्च मूल्याङ्कन गर्दै…
Read More
नीलकण्ठ बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा डा . मुरारी अधिकारी नियुक्त

नीलकण्ठ बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा डा . मुरारी अधिकारी नियुक्त

धादिङ– नीलकण्ठ बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा डाक्टर मुरारी अधिकारी नियुक्त भएका छन् । धादिङ जिल्लाको जिल्ला सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसको आगामी ४ बर्षे कार्यकालको लागि अधिकारी क्याम्पस प्रमुखमा नियुक्त भएका हुन् ।   वि.स. २०५७ सालमा १२ जना विद्यार्थीबाट सुरु भएको नीलकण्ठ क्याम्पस विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायन (QAA) प्राप्त गर्ने जिल्लाको पहिलो र एकमात्र क्याम्पस हो । स्नातक तथा स्नाकोत्तरसम्मको अध्यापन गराइने नीलकण्ठ क्याम्पसमा करिव एक हजार विद्याथीहरु अध्ययनरत छन् ।   नीलकण्ठ क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख नवराज शर्माको दुइ कार्यकालको ८ वर्ष सकिय लगत्तै क्याम्पस प्रमुख कसलाई बनाउने भन्ने विषयमा चर्चा चलेको थियो । क्याम्पस सञ्चालन…
Read More
नेपाल  रेड्क्रस सोसाईटी धादिङको अगुवाईमा जम्मा गर्यो १७२६ पाउण्ड रगत

नेपाल रेड्क्रस सोसाईटी धादिङको अगुवाईमा जम्मा गर्यो १७२६ पाउण्ड रगत

धदिङ : नेपाल रेड्क्रस सोसाईटी जिल्ला शाखा धादिङको अगुवाईमा बिभिन्न संघ सस्थाको आयोजनामा आर्थीक बर्ष २०८१/८२ मा रक्त्तदान कार्यक्रमबाट संकलन भएको रगताको पाउन्ड संख्या सार्वजनिक गरेको छ । रिपोर्ट अनुसार सबैभन्दा धेरै लायन्स क्लव अफ काठमाडौं सूर्यमुखीले जम्मा गरेको छ ।जसमा महिला ३४ र पुरुष ८५ जना गरि ११९ जनाबाट रगत जम्मा गरेको  छ। आगामी दिनमा पनि यस्तो कार्यलाई निरन्तरता दिने र अझै धेरै संख्यामा रग संकलन गर्ने अपेक्षा रहेको धादिङ रेड्क्रसका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले बताउनु भएको छ ।
Read More
लायन्स क्लव अफ काठमाण्डौं सुर्यमुखीको  नि:शुल्क  स्वास्थ्य शिविर  सम्पन्न ।

लायन्स क्लव अफ काठमाण्डौं सुर्यमुखीको नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न ।

धादिङ– गजुरी गाउँपालिका–६ स्थित भानुभक्त माध्यामिक विद्यालयमा भएको निशुल्क बृहत विशेषज्ञ स्वास्थ्य शिविरमा ४ सय १ जनाले सेवा लिएका छन् । विपन्न तथा सीमान्तकृत समुदायका नागरिकहरुलाई विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्धेश्यले लायन्स क्लब अफ काठमाण्डौं सूर्यमुखीले आयोजना गरेको स्वास्थ्य शिविरमा ३ सय १९ जना महिला र ८२ जना पुरुषले सेवा लिएका हुन् । ती मध्ये ८७ जनाले भिडियो एक्स रे सेवा, ६३ जनाले स्त्री तथा प्रसुति सेवा, ५८ जनाले हाडजोर्नी तथा जेनरल सेवा,५१ जनाले जर्नरल सर्जरी, २३ जनाले बालरोग, ४० जनाले डेन्टल र ६ जनाले ईसिजी सेवा लिएको कार्यक्रम संयोजक डाक्टर दिनेश रेग्मीले जानकारी दिए । शिविरमा दम, सुगर,…
Read More
धादिङको पर्यटन प्रवर्द्धनमा सरोकारवालाको जोड

धादिङको पर्यटन प्रवर्द्धनमा सरोकारवालाको जोड

धादिङ -धादिङको पर्यटन प्रवर्द्धनका लागि सरोकारवाला निकायले चासो दिएका छन् । धादिङको सम्भाव्यता र चुनौतीका विषयमा व्यवसायी तथा सरोकारवाला निकायबिच छलफल गरिएको हो । बागमती प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन कार्यालय सौराहाले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा सहभागीहरुले जिल्लाको पर्यटन प्रवर्द्धनमा राज्यको भूमिका, पूर्वाधार विकास, नीति निर्माण र प्रचारप्रसारको आवश्यकता बारे महत्वपूर्ण सुझावहरू प्रस्तुत गरेका छन् । त्यस्तै, दोहोरो कर र दर्ता प्रक्रिया लगायतका झन्झट हटाइ सहज बनाउन समेत आग्रह गरेका छन् । कार्यक्रममा जिल्लाभित्र पर्यटन सम्भावना, पूर्वाधार विकास, सेवा प्रवाह, नीति निर्माण, लगानीको अवसर, प्रचारप्रसारलगायत विषयमा पनि गहन छलफल गरिएको छ । सहभागीहरुले धादिङमा धार्मिक,…
Read More