काठमाडौं । नेपालकै सबैभन्दा ठूलो १२०० मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनाका लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ। कम्पनीले खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्ति गर्न १५ दिनभित्र दरखास्त दिन अनुरोध गरेको हो। उम्मेदवारले मान्यता प्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्यशास्त्र वा इन्जिनियरिङ विषयमा स्नातकोत्तर उपाधि लिएको र पूर्वाधार क्षेत्रको व्यवस्थापन, अध्यापन वा अनुसन्धानमा कम्तीमा १२ वर्षको अनुभव भएको हुनुपर्नेछ। उमेर ४० देखि ६१ वर्षबीच हुनुपर्नेछ। बुढीगण्डकी आयोजना राष्ट्रिय गौरवको आयोजनामध्ये एक हो, जसको विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार भइसकेको र पुनःस्थापना तथा मुआब्जा वितरणको काम भने जारी छ। सम्पर्क: बुढीगण्डकी जलविद्युत कम्पनी लिमिटेड, काठमाडौँ।
धादिङ : लाइन्स क्लब अफ काठमाण्डौ सूर्यमुखीको आयोजनामा धादिङ अस्पताल परिसरमा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आज बिहान देखी बेलुका सम्म भएको रक्तदान कार्यक्रममा ३४ जना महिला र ८५ जना पुरुष गरी कूल ११९ जनाले रक्तदान गरेको क्लबका अध्यक्ष विक्रम विश्वकर्माले बताएका छन्। कार्यक्रममा प्रमुख अतिथि निलकण्ठ नगरपालिकाका उप प्रमुख दीपक विश्वकर्मा र अतिथिहरु धादिङ अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राधिका सापकोटा, नेपाल रेडक्रस सोसाईटी धादिङका अध्यक्ष दुर्लभ कुमार तामाङ, नेपाल पत्रकार महासङ्घ धादिङका अध्यक्ष सिताराम अधिकारी, र धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक डा.गगन अधिकारीले स्वयंसेवी रक्तदाटाहरुलाई ब्लड ब्याग दिएर संयुक्त रुपमा रक्तदान कार्यक्रमको शुभारम्भ गरेका थिए।…
धादिङ :प्याब्सन धादिङअन्तर्गत आजदेखि जिल्लाभर एकै पटक प्रथम त्रैमासिक परीक्षा सुरु भएको छ। जिल्लाका ३२ वटा विद्यालयका १३ हजारभन्दा बढी विद्यार्थीहरू परीक्षा दिइरहेका छन्। प्याब्सन धादिङले सदस्य विद्यालयहरूलाई एउटै पाठ्यक्रम, एउटै पुस्तक, एउटै परीक्षा योजना र एउटै प्रश्नपत्र लागू गरेर समान स्तरको शिक्षा सुनिश्चित गरेको छ। प्याब्सन धादिङका अध्यक्ष दिनेश भट्टका अनुसार यस्तो अभ्यासले विद्यार्थीहरूलाई राम्रोसँग सिक्न सहज बनाउँछ भने शिक्षकहरू पनि बढी जिम्मेवार बन्न बाध्य हुन्छन्। प्याब्सन धादिङका सचिव तथा परीक्षा संयोजक भीमबहादुर श्रेष्ठले भने, “हामी प्रत्येक वर्ष पहिलो, दोस्रो, तेस्रो र वार्षिक परीक्षा एकसाथ सञ्चालन गर्छौं, जसले विद्यार्थीहरूको अध्ययन र समग्र विकासमा ठूलो सहयोग गर्छ।” विद्यार्थीहरूका लागि एकरूपता…
माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जिपिए ल्याएर उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विद्यालयलहरुलाई धादिङको नीलकण्ठ नगरपालिकाले सम्मान गरेको छ । नगर क्षेत्रका नीजि तथा सामुदायिक विद्यालयबाट एसईईमा ४ जिपिए ल्याएका पाँच जना विद्यार्थीहरुलाई जनही ५० हजार रुपैयाँ तथा शत प्रतिशत नतिजा ल्याउन सफल चार विद्यालयलाई नगदसहित सम्मान गरेको हो । नगरपालिकाले बिहीबार एक समारोहका बीच विद्यार्र्थी तथा विद्यालयलाई सम्मानपत्र, माला र नगद प्रदान गरिएको हो । सम्मानित हुनेहरुमा नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयका सन्ध्या तिमल्सिना, सुनौलो भैरवी माध्यामिक विद्यालयकी प्रशंसा श्रेष्ठ, चिल्ड्रेनपार्क आवासिय माध्यामिक विद्यालयकी प्रिसिला तामाङ, न्यू किबो आवासिय बोर्डिङ स्कुलका समिर भण्डारी र आयुष शर्मालाई जनही ५०/५०…
धादिङ- धादिङको ज्वालामुखी गाउँपालिकाले ५८ जना कृषकलाई हाते ट्याक्टर वितरण गरेको छ । किसानलाई व्यवसायिक तथा आधुनिक तरिकाले खेती गर्ने वाताववरण सिर्जना गर्न गाउँपालिकाले ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर (मिनीटिलर) वितरण गरेको हो । किसानलाई खेती गर्न सहज बनाउन कुल ५८ जना कृषकलाई मिनी तथा पावर टेलर अनुदानमा वितरण गरिएको ज्वालामुखी गाउँपालिका अध्यक्ष यामनाथ दनैले बताए । ‘कृषि पेशालाई सरल र सहज बनाउन किसानलाई ट्याक्टर दिइएको हो । कृषिजन्य उत्पादनमा वृद्धि तथा कृषिमा आत्मनिर्भर बनाउने पालिकाको योजना रहेको छ । सोहि अनुरुप योजनाका साथ नीति कार्यक्रम बनाई काम अगाडी बढीरहेको छ’ उनले भने ।
धादिङ , असार १६ – राष्ट्रिय जनसाँस्कृतिक महासंघ, गण्डकी प्रदेश समितिको आयोजनामा सम्पन्न खुल्ला कविता प्रतियोगितामा कवि महाजन श्रेष्ठले प्रथम स्थान हासिल गरेका छन्। प्रतियोगिता महासंघका संस्थापक केन्द्रिय सदस्य आदरणीय गुरु प्रा.डा. रविलाल अधिकारीको ८१औँ जन्म जयन्तीको अवसरमा आयोजना गरिएको थियो। श्रेष्ठले "दिव्य चिन्तन" शीर्षकको आफ्नै कविता वाचन गरेर निर्णायकको मन जित्दै प्रथम पुरस्कार प्राप्त गरेका हुन्। प्रतियोगितामा द्वितीय, तृतीय, सान्त्वना स्थान विजेता र उत्कृष्ट १५ भित्र पर्न सफल सम्पूर्ण साहित्य अनुरागीहरुलाई श्रेष्ठले हार्दिक बधाई दिएका छन्। साथै, यस्तो स्तरीय रचनात्मक कार्यक्रम आयोजना गर्ने आयोजक संस्थाका सम्पूर्ण पदाधिकारीप्रति उनले आभार व्यक्त गरेका छन्। "कवितालाई माया गर्ने मनले कविताबाट विमुख हुनै…
धादिङ, हेमोडायलासिस मेसिन बिग्रिएर प्रभावित भएकाे धादिङ अस्पतालकाे हेमाे डनयलासिस सेवा विस्तार हुने भएकाे छ । धादिङ अस्पतालमा दुईवटा नयाँ हेमाे डायलासिस मेसिन थपिएका छन्। बागमति प्रदेश सरकार. स्वास्थ्य मन्त्रालय अन्तरगत स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट प्राप्त नयाँ मेसिनहरूसँगै अस्पतालले असार १६ गतेदेखि सेवा विस्तार गर्ने तयारी गरेको छ। धादिङ अस्पतालले २०७९ साउन २६ गतेदेखि मृगौला उपचारका लागि हेमाे डायलासिस सेवा सुरु गरेको थियो। हालसम्म २२ जना बिरामीले नियमित सेवा लिइरहेका छन् भने २६ जना बिरामी सेवा पर्खिरहेका छन्। तीमध्ये अधिकांश अन्य अस्पतालमा हेमाे डायलासिस सेवा लिन बाध्य छन्। धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक मेसु डा. गगन अधिकारीका अनुसार, “५…
धादिङ । धादिङ जिल्लाका गजुरी, गल्छी, थाक्रे, ज्वालामुखी र सिद्धलेक गाउँपालिकामा पछिल्लो सातादेखि विद्युत आपूर्ति अत्यन्तै अव्यवस्थित बनेको छ, जसका कारण सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ। बत्ती आउनेभन्दा बढी समय जाने अवस्था रहँदा यहाँका बासिन्दाहरू दैनिक रुपमा हैरान परेका छन्। १० मिनेटको अन्तरालमा पटक–पटक लाइन जाने क्रम चलिरहँदा शिक्षादेखि व्यवसाय, सञ्चारदेखि स्वास्थ्यसम्मका सबै क्षेत्रमा गम्भीर असर परेको छ। साना होटल, पसल, कलकारखाना, फर्म तथा विभिन्न साना उद्योगहरू पूर्ण रुपमा प्रभावित भएका छन् भने मोबाइल, ल्यापटप, इन्टरनेट, प्रिन्टर जस्ता दैनिक आवश्यकता भएका साधनहरू चलाउन समेत नागरिक असमर्थ भएका छन्। , अनलाइन पढाइमा बाधा पुगेको छ भने शिक्षक र कर्मचारीहरू काम गर्न…
धादिङ । नेकपा एमाले नीलकण्ठ वडा नम्बर ३ काे वडा कमिटि अध्यक्षमा विष्णुलाल श्रेष्ठलाई चयन गरिएकाे छ । शनिबार एमाले जिल्ला पार्टी कार्यालयमा भएकाे एमाले सदस्यहरुकाे भेलाले श्रेष्ठलाई निर्वाचित गरेकाे हाे । १९ सदस्यीय वडा कमिटिकाे उपाध्यक्षमा विष्णुराज श्रेष्ठ, सचिवमा प्रेमबहादुर पाण्डे, उपसचिव सराेज रिजाल र गगनमाया प्रधानलाई निर्वाचित गरिएकाे नेकपा एमाले नीलकण्ठ नगर कमिटी अध्यक्ष काजी श्रेष्ठले बताउनुभयाे । नन्दप्रसाद श्रेष्ठको अध्यक्षतामा भएकाे वडा भेलामा नेकपा एमाले बागमति प्रदेश कमिटी सदस्य खिलकुमारी तिवारीकाे प्रमुख आतिथ्यमा सम्पन्न भएकाे थियाे ।
धादिङ । धादिङअस्पतालले सिमित श्रोत र साधनका बावजुत पनि विपद र महामारी फैलिएको अवस्थामा कुशलतापूर्वक काम गरिरहेको र आगामी दिनमा पनि गर्ने व्यवस्थापन तथा संचालन समितिका अध्यष राधिका सापकोटाले बताउनुुभयो । महामारी सिनयन्त्रणका लागि विपद र महामारीमा पूर्व तयारी तथा मेडिकल टिम र र्यापिड रेस्पोन्स टिम परिचालन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा अस्पतालको वर्तमान अवस्था गत वर्षको महामारीको बारेमा समिक्षा समेत गरिएको थियो । विपदमा महिलाहरु बढी प्रभावित हुने कुरा उल्लेख गर्दै अध्यक्ष सापकोटाले विपदको समयमा सवारी साधन नचलेर बन्द भएको अवस्थामा सुत्केरी व्यथा लागेपछि अस्पताल ल्याउने गर्भैवतीहरुको प्रतिक्षाघर बनाएर संचालनमा ल्याउनुपर्ने बताउनुुभयो । अस्पतालको सकारात्मक सन्देश जानेगरि सूचना प्रवाह गर्न आग्रह…